मुख्य समाचारसमाचार

अमेरिकी राजदूतसँगको भेटवार्ताबारे भिम रावललाई मेयर बालेनको जवाफ…

Gobal IME Bank
file photo

काठमाडौं । अमेरिकी राजदूतसँगको भेटवार्ताकाबारेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले वास्तविकताबारे जानकारी गराउनुभएको छ । अमेरिकी राजदूतसँगको भेटवार्ताको बारेमा परराष्ट्रबाट अनुमति लिएको हो कि होइन भन्दै नेकपा एमालेका नेता भीम रावलले प्रश्न उठाउनुभएको थियो ।

रावलले ‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ,’ रावलले फेसबुकमा लेखेका छन्, ‘कामपाका प्रमुख बालेन शाहले अमेरिकी राजदूतसँग भेटवार्ताबारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन ? स्पष्ट गरियोस् ।’ भन्नुभएको थियो । सोही प्रश्न अभिव्यक्तिप्रति लक्षित रहँदै मेयर बोलनले अमेरिकी राजदूतले चाँही पटक/पटक भेट्न खोजेको र आफूहरूले परराष्ट्रको अनुमति लिएर मात्रै आउन भनेर जवाफ फर्काउनुभएको र अन्ततः अमेरिकी राजदूतले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्रै भेट भएको बालेनको स्पष्टोक्ति छ ।

‘हामीलाई तपाईंहरूजस्तो विदेशीसँग सहयोग मात्र माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो । तर हामीलेचाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटीपौवा बनाइदिन सहयोग गर्छौं भनेर पठाएका छौँ ।’ मेयर बालेनले बताउनुभएको छ ।

भिम रावललाई मेयर बालेनको जवाफ:

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button