प्रेम, विवाह, याैनमनोरञ्जनमुख्य समाचारसूचना प्रविधि

जीवनसाथी खाेज्ने डिजिटल माध्यम प्रति युवाहरूको आकर्षण – Good News 24

Gobal IME Bank

 

(सबिना कार्की, पविना सिवाकोटी ) एक जमाना थियाे जुनबेला विवाह गर्नकै लागि भनेर लमीकाे आवश्यकता पर्थ्याे । सञ्चार तथा प्रविधिकाे विकाससँगै अचेल विभिन्न वेबसाइटहरुकाे माध्यमबाट जीवनसाथी खाेज्न झन सजिलाे भएकाे छ ।

अहिले व्यस्त समयमा तपाईहरु पनि जीवनसाथीकाे खाेजीमा हुनुहुन्छ भने त्यसकाे लागि अब लमीमा धाइरहनुपर्ने बाध्यता पनि हटिसकेकाे छ ।
विवाह गर्ने उमेर पुग्याे तर उपयुक्त जीवनसाथी नभेटेर हैरान हुहुनुन्छ? मनमिल्ने जीवनसाथी खाेज्नकै लागि भनेर आफ्ना आफन्त/ नातेदारहरुलाई गुहारिरहँनु भएकाे छ भने जसकाे विकल्पमा अब `म्यारिज स्टेसन´ आइसकेकाे छ । जहाँ तपाईहरुले आफूले चाहेकाे जीवनसाथी अब डिजिटल माध्यमबाट भेटन् सक्नुहुनेछ । म्यारिस स्टेसन एउटा अनलाइन साइट हाे जसले तपाईलाई आफूले चाहेकाेजस्तै जीवनसाथी खाेज्न सहयाेग गर्ने गर्दछ ।

जीवनसाथी खाेज्ने थुप्रै म्यारिस व्युराेहरु अहिले बजारमा छन् । जीवनसाथी खाेज्ने डिजिटल माध्यम `म्यारिस स्टेसन´का सञ्चालक २७ वर्षीय उत्तम आचार्य हुन् । उनकाे स्थायी घर दाेलखा हाे, हाल उनी काठमाडौँमा बसाेबास गर्दै आएका छन् । आफूले विवाह गर्नेक्रममा अरु कसैलाई केटी पक्षसँग कुरा गर्न लगाउँदा ती व्यक्तिहरुले राखेकाे मागले आफूले झेल्न परेकाे समस्याले गर्दा आगामी दिनहरुमा अरुलाई पनि विवाह गर्नेक्रममा समस्या भाेग्न नपराेस् भन्दै `म्यारिज स्टेसन´ स्थापना गर्ने साेच बनाएका थिए । याे स्टेसन स्थापना पूर्व आचार्य विकाससम्बन्धी कार्यमा आबद्ध थिए ।

`                                                                                म्यारिस स्टेसन´का सञ्चालक उत्तम आचार्य

“उनकाअनुसार म्यारिज स्टेसन यस्ताे संस्था हाे, जहाँ विवाह गर्न इच्छुक दुई व्यक्तिहरुबीच सम्पर्क गराउने गरिन्छ । ´´याे स्टेसनकाे स्थापना दुई वर्षअघि भएकाे थियाे । थाेरै लगानीमा स्थापना भएकाे याे संस्थाले सुरुका दिनहरुमा फेसबुक पेज खालेर अटाेरिप्लाई प्रश्न गर्ने तरिकाले सञ्चालनमा आएकाे थियाे । उक्त अटाेरिप्लाई प्रश्नमा जीवनसाथी कसरी खाेजिन्छ ?
जीवनसाथी खाेज्न के कति सेवाशुल्क तिर्नपर्छ भन्ने प्रश्नबारे सवालजवाफ गर्ने काम गरिथ्याे ।

आचार्यका अनुसार “ याे स्टेसनले अनलाइन र अफलाइन गरि दुईवटा माध्यमबाट कार्य गर्दछ । अनलाइन माध्यमबाट टाढा भएका व्यक्ति जाे विदेशमा छन् र कार्यालयमा उपस्थित हुन सक्दैनन् उनीहरुका लागि उपयाेगी हुन्छ । ´´अहिलेसम्म २ सय जनाभन्दा बढीकाे विवाह गराईसकेका उनले याे संस्थामा सम्बन्धित व्यक्ति नै जीवनसाथी खाेज्नलाई अनुराेध गर्न आउने कुरा उनले बताए । विशेषगरी नेपालमा रहेका २५ वर्ष उमेर समूहभन्दा माथिका र विदेशमा बस्ने ३० वर्षभन्दा बढी उमेरका व्यक्तिहरु धेरै आउने गर्दछन् । त्यस्तै एकल तथा सम्बन्धविच्छेद भएका व्यक्तिहरु जीवनसाथी खाेज्नका लागि बढी आउने गरेकाछन् । नेपालमा रहनेभन्दा पनि विदेश क्यानडा,अस्ट्रेलिया ,अमेरिका, जापान,साउथ काेरियाजस्ता देशहरुमा बस्ने नेपालीहरुसमेत म्यारिज स्टेसनमा आउने कुरा उनले बताएका छन् ।

निडर र साहसिक स्वभाव भएका आचार्य सुरुवातका दिनमा विविधखाले धम्की, गाली, झैझमेला, विवादजस्ता थुप्रै चुनाैतीहरुलाई पन्छाएर म्यारिज स्टेसनकाे निरन्तरताकाे लागि लागिपरेका युवा हुन् । उनीभन्छन, “फाेनबाट विभिन्न गाली, धम्की दिने र विभिन्न झमेला तथा विवाद हुने भएता पनि आफू कानुनीरुपमा हिँड्दै, कतिकतै गलत काम नगरेकाले निर्धक्क भएर अघिबढिरहेकाे छु । ´´
साथै याे स्टेसन खाेलेसँगै धेरै व्यक्तिहरुबीच संगत हुने, सजिलै साथीहरु बनाउन सकिने , सबै तहतप्काका व्यक्तिहरुसँग सम्बन्ध बढ्ने, आफूभन्दा सिनियर व्यक्ति आएर पनि कुरा मान्नेजस्ता विभिन्न कुराले धेरै खुसी मिल्ने कुरासमेत उनले बताए । उनले नेवार समुदायका ७० वर्षीय वर र क्षेत्री समुदायकी ४० वर्षीय वधुबीच विवाह गराएकाे राेचक प्रसङ्गसमेत सुनाए । “आचार्य भन्छन् म्यारिज स्टेसनबाट विवाह गराएकाे मध्ये याे नै अनाैठाे अनुभव हाे ।´´

नेपालमा समाज रुपान्तरण हुनुपूर्व म्यारिज स्टेसनलाई चेलीबेटी बेचबिखन गर्ने संस्थाकाेरुपमा लिइन्थ्याे । तर पछिल्लाे समय यसबारे मानिसकाे चाँसाे र आबद्धता पनि बढ्दै गएकाे उनले बताए ।
उनकाअनुसार,“पहिले म्यारिज स्टेसनलाई चेलिबेटी बेचबिखन गर्ने संस्थाकाेरुपमा लिने हुँदा पछि नेपाल सरकारले नै यस्ता संस्था सञ्चालनकाे लागि अनुमति दिँदा केही सहज भएकाे उनकाे भनाई छ ।´´
म्यारिज स्टेसनबाट विवाह गर्दा केही शुल्क अनिवार्य तिर्नुपर्छ । “नेपालमा रहेका व्यक्तिहरुले पहिलाे पटक संस्थामा प्रक्रिया अगाडि बढाउदा ५ हजार र पछि विवाह सफल भएमा २०हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ । त्यस्तै विदेशमा बस्ने व्यक्तिका लागि भने सुरुमा १० हजार साथै विवाह सफल भएपछि ४० हजार लाग्ने सञ्चालक आचार्यले बताए ।´´

म्यारिज स्टेसनमा विवाह गराउनुभन्दा पहिला संस्था र दुई व्यक्तिबीच कुनै पनि आर्थिक, सामाजिक, पारिवारिक घटना घटेमा उक्त व्यक्ति स्वयं जिम्मेवार हुनेछ भन्ने सहमति हुने गर्दछ । उनेले भने “यसरी सुरुमै दुईपक्षबीच सहमति हुने हुँदा अहिलेसम्म केही समस्या नपरेकाे र विवाह गराईदिएका सबै व्यक्तिले राम्रै प्रतिक्रियासमेत दिने गरेका छन् ।´´

साथै उनी विवाह गराउने कामलाई अपजस पाउने काम मान्ने गर्छन । त्यसैले प्रायः उनी आफन्त, चिनजान वा साथीभाइकाे लागि जीवनसाथी खाेज्ने काममा भने त्यति रुचि देखाउँदैनन् ।
आचार्यले भने,“ समाजमा विवाह गराउने मानिसलाई लमी भनेर हेर्ने दृष्टिकोणले गर्दा कहिलेकाहीँ म नि नराम्राे काम पाे गरिरहेकाे छु कि लाग्छ तर पनि पहिलाकाे कामभन्दा यस कामबाट म निकै खुसी छु ।´´

अरुकाे लागि भनेजस्ताे जीवनसाथी खाेज्ने काम आफैँमा चुनाैतीपूर्ण भएपनि आचार्य भविष्यमासमेत म्यारिज स्टेसनलाई नै निरन्तरता दिनेमा ढुक्छ छन् । उनले अझै याे संस्थालाई विस्तार गरेर विवाहका विविधखाले प्याकेज पनि समावेश गर्ने तयारीमा लागिपरेका छन् ।

व्यस्तताले भरिएकाे यश आधुनिक जमानामा मानिसहरु पढाइ, करियारकाे भागदाैडमा हुँदा विवाह गर्न जीवनसाथी खाेज्नसमेत फुर्सद छैन । त्यसैले मान्छेहरुकाे यस्ताे खालकाे व्यस्ततालाई मध्यनजर गर्दै समयकाे भरपुर सदुपयोग गरेर जीवनसाथीकाे खाेजी गर्ने म्यारिज स्टेसन उपयुुक्त डिजिटल माध्याम हाे ।
तसर्थ आजका आम युवाहरुले पनि स्टेसन सञ्चालक आचार्यजस्तै रचनात्मक तथा जीवनमा उपयोगी सीप तथा कार्यमा रुचि देखाएर थाेरै सफल हुनसके पनि देशमा विद्यमान बेरोजगारकाे समस्यामा केही हदसम्म भए पनि कमी ल्याउन सकिन्थ्यो कि ?

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button