समाचार

थप ९५ जना कोरोना सङ्क्रमणमुक्त -Good News 24

Gobal IME Bank

काठमाडौँ, ८ साउन । देशभर कोरोनाको सङ्क्रमण बढिरहेको समय आज नै ९५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६८ हजार ४८९ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव पाँच प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । देशभर पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने ९५ जना निको भएका छन । सङ्क्रमण कै कारण दुई जनाको मृत्यु पनि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ८८८ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ३६० जनाले पीसीआर र एक हजार ५२८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ७८ हजार २२८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार १७७ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५६ पुगेको छ ।–––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button