मङ्सिर ४ मा हुने निर्वाचनका लागि घोषणापत्र लेख्नमा व्यस्त महामन्त्री किरण – Good News 24
काठमाडौं । पुनर्जागरण पार्टी, नेपालका महामन्त्री रवि किरण हमाल यतिबेला मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र लेख्नमा व्यस्त हुनुहुन्छ ।
दिनहुँ विभिन्न विषयका विज्ञहरु सङ उहाँ छलफलमा हुनुहुन्छ । सम्बन्धित विषयका विज्ञ , युवा र आम सर्वसाधारण सङ पनि उहाँ भेटघाट गरिरहेका छन् ।
पार्टीले पुर्विय दर्शनमा आधारित मानवतावादलाई मार्गदर्शक सिद्धान्तको रूपमा अंगिकार गरेको छ । महामन्त्री किरणले मुख्यतः कुटनिती, कर्मचारीप्रशासन, न्यायलय,सुरक्षा, विश्वविधालय, संवैधानिक आयोग र स्वास्थनिति कस्तो बनाउने भन्ने विषयमा केन्द्रित भएर घोषणापत्र लेखिरहेको गुड न्युज २४ लाई बताउनुभयो ।
यसअघि पार्टीले संविधानलाई संसोधन गर्नुपर्ने माग सार्दै आएको थियो । संविधानमा सच्याउनुपर्ने विषयहरुका बारेमा पनि स्पष्ट अवधारणा ल्याउने महामन्त्री
किरणले गुड न्युज २४ लाई बताउनुभयो ।
पुनर्जागरण पार्टी ४० वर्ष मुनिका युवाहरूको पार्टी हो । यही वर्ष साउन १२ गतेमात्र निर्वाचन आयोगमा दर्ता भएको थियो । चुनाव चिन्ह बलिरहेको मैनबत्ती लिएर पुनर्जागरण मङ्सिर ४ को निर्वाचनमा भाग लिँदैछ । घोषणापत्र लेख्दै गर्दा महामन्त्री किरणले सल्लाह र सुझावको लागि पनि अपिल गर्नुभएको छ ।