मनोरञ्जनमुख्य समाचारसमाचार

आजबाट ए डिभिजन लिग सुरु, मेयर बालेनले उद्घाटन गर्नुहुँदै

Gobal IME Bank
file photo

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल आज देखि सुरु हुँदै छ। लिगको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गर्नुहुनेछ । दिउँसो साढे चार बजे सुरु हुने समारोहमा विभिन्न सेलिब्रेटीहरुको प्रस्तुति र विभिन्न राजनीतिज्ञ तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको सहभागिता रहनेछ ।

बेलुकी ५ः३० बजे एफसी खुमलटारले फ्रेन्ड्स क्लबसँग दशरथ रंगशालामा लिग सुरु गर्नेछ । डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइने लिगका केही खेलहरु च्यासल रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा पनि हुनेछन् । खेलहरू स्पेस फोर के टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछन् ।

गत पुस १४ गते बसेको एन्फा र १४ वटा ‘ए’ डिभिजन क्लबबीचको बैठकले फागुन १९ गते लिग सुरु गर्ने सहमति गरेका थिए । लिगमा संकटा क्लब , नेपाल पुलिस क्लब, सातदोबाटो युथ क्लब, त्रिभुवन आर्मी, एनआरटी, जाउलाखेल युथ क्लब, मनाङ मर्स्याङ्दी, थ्रीस्टार, खुमलटार, चर्च ब्वाइजलगायतका टिमबीच यसपटक भिडन्त हुनेछ ।

लिगको तयारीको लागि खर्च २५ लाख रुपैयाँ दिने निर्णय भएअनुसार एन्फाले यसअघि नै क्लबलाई अनुदान दिइसकेको छ । यसपटक लिगको विजेतालाई ७५ लाख, उपविजेतालाई ५० लाख र तेस्रो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button