प्रेम, विवाह, याैनमुख्य समाचारसमाचार

गर्भपतन सुरक्षित कि असुरक्षित ?

Gobal IME Bank

एजेन्सी । गर्भपतन गर्भावस्था समाप्त गर्नको लागि गरिने स्वास्थ्य हस्तक्षेप हो । विश्व स्वास्थ्य संगठनका अनुसार यो २० हप्ता पुग्नुअघि गरिन्छ । यो औषधी वा सर्जिकल प्रकियाद्वारा गर्न सकिन्छ । गर्भपतन एक बाध्यात्मक अवस्थामा मात्र गर्ने गरिन्छ । जस्तैः सन्तानका रहर पुगेपछि गर्भ रहेदा, अनिच्छित गर्भ रहेपछि, अविवाहित जोडीकोे गर्भ रहदा, बच्चामा जन्मजात खराबी देखिएमा गर्भपतन गराउने गरिन्छ । गर्भपतन स्वास्थ्य हस्तक्षेप भएपनि यस क्रममा कतिको ज्यान जाने जोखिमका साथै कतिको स्वास्थ्य स्थिती एकदमै नाजुक बन्न सक्छ । त्यसैले, गर्भपतन गराउनका लागि योग्य चिकित्सकहरुको सल्लाह लिनु पर्छ ।

गर्भपतन कुन अवस्थामा गरिन्छ ?
१. अनिच्छित र अयोजित गर्भधारण ।
२. गर्भावस्थाले आमाको ज्यानलाई जोखिम भएमा गरिन्छ ।
३. असामान्य भ्रुण वा जन्मजात रोग भएको भ्रुणमा शारीरिक दोषले जन्मपछि यसको अस्तित्वलाई असर गर्छ भने यस्तो अवस्थामा गर्भपतन गरिन्छ ।

गर्भपतनका जोखिम
यदि सुरक्षित तरिकाले गर्भपतन गराइयो भने गर्भपतनबाट हुने स्वास्थ्य खतरा कम गर्न सकिन्छ । असुरक्षित गर्भपतन जस्तैः उचित सीप वा न्यूनतम सुविधा पनि नभएको ठाउँमा गर्भपतन गर्दा मातृ मृत्यु पनि हुन सक्छ ।
१.ररक्तस्राव भएर रगत चढाउनुपर्ने वा ज्यान जाने जोखिम हुन सकछ।
२.गर्भपतनपछि संक्रमण वा पाठेघर तथा नलीमा संक्रमण फैलिएर पेल्भिक इन्फ्लेमेटरी रोगको जोखिम बढाउन सक्छ । जसले भविषयमा बाँझोपन र बच्चा पाठेघरको नलीमा बस्न सक्ने अवस्था एक्टोपिक प्रेग्नेन्सी निम्त्याउन सक्छ ।
३. किशोरावस्थामा गर्भपतन गर्नाले मानसिक तनाव उत्पन्न हुन सक्छ ।

कस्तो अवस्थालाई असुरक्षित गर्भपतन मानिन्छ ?
१. १२ हप्ताभन्दा बढी हप्ता गर्भ रहेको गर्भपतनलाई असुरक्षित मानिन्छ ।
२. आवश्यक पर्ने न्यूनतम सुविधा नभएका र अनुमति प्राप्त नगरेका ठाउँमा गराइने गर्भपतन जोखिमपुर्ण हुन्छ ।
३. ज्यानलाई जोखिम हुने गरी कुनै औषधी खुवाएर गरिएको गर्भपतन जोखिमपुर्ण हुन्छ ।
४. असुरक्षित गर्भपतनका कारण रक्तस्राव बढी हुने, ज्वरो आउने बेहोस हुने पाठेघरमा संक्रमण हुने, गर्भपतन पूर्ण रुपमा नहुने ज्यान जोखिममा पर्न सक्ने जोखिम हुन्छ ।

सुुरक्षित गर्भपतन केलाई मानिन्छ ?
सुरक्षित गर्भपतन भनेको प्रशिक्षित र तालिम प्राप्त स्वास्थ्यकर्मीहरुको उचित प्रविधी र प्रभावकारी औषधीद्वारा गरिने गर्भपतन हो । गर्भपतन जति चाँडो गराइन्छ, उति नै सहज हुन्छ । गर्भ रहेको ३ महिनाभित्र गर्भपतन गराइएको छ भने त्यसलाई सुरक्षित मानिन्छ । गर्भपतनपछि ध्यान दिनुपर्ने कुराहरु गर्भपतनपछि धेरै मात्रामा रक्तस्राव भएमा दुई वा वा दुई भन्दा बढी प्याड १ घण्टामै पूर्ण रुपमा भिजेमा, चोक्टा–चोक्टा रगत गएमा, अत्याधिक पेट दुःखेमा, ज्वरो आएमा, बेहोस भएमा र योनीबाट गन्हाउने पानी बगेमा तुरुन्तै स्वास्थ परामर्श लिनु पर्दछ । गर्भपतनको दुई हप्तापछि स्वास्थ्य परीक्षण गराउनुपर्छ । यसले गर्भासयको अवस्थाबारे थाहा हुन्छ । गर्भपतनपछि परिवारका सदस्यहरुले उनीहरुमा हुने शारीरिक र मनोवैज्ञानिक परिवर्तनबारे सचेत हुनुपर्छ । पर्याप्त पानी पिउनुपर्छ । दुई हप्तासम्म कुनै व्यायाम गर्नुहुन्न । दुई हप्तासम्म गह्रुंगो सामाग्री उठाउनु हुन्न । दुई हप्तासम्म शारीरिक सम्पर्क गर्नु हुन्न र आराम गर्नुपर्छ।
धेरै महिलाहरु गर्भपतन कति पटक सम्म गर्न मिल्छ भन्ने प्रश्नका साथ चिकित्सककोमा गई रहेको हुन्छन् । गाइनोकोलोजिस्टहरु १ वा २ भन्दा बढि पटक गर्भपतन नगर्न सल्लाह दिन्छन् । गर्भपतनको लागि औषधि सेवन गरेको १५ दिन पछि डाक्टरहरुले सोनोग्राफि मार्फत बच्चा बनेको प्रडक्ट पुरै निस्किएको छ कि छैन भनेर चेक गर्ने गर्छन । यदि जमेको रगत पुरै निस्केको छैन भने विभिन्न उपकरण प्रयोग गरि निकालिने गरिन्छ जसको कारण महिलाहरुलाई पिडा सहनु पर्ने हुन्छ ।
गर्भपतन गरिसकेपछि बन्न लागेको बच्चा मृत वस्तुमा परिणत हुन्छ त्यो मृत वस्तु पाठेघरमा नै बसिरह्यो भने धेरै समस्याहरु आउने गर्छन् ।
१. पाठेघरमा इन्फेक्सनको जोखिम
२. मृत वस्तु गर्भाशयमा भई रह्यो भने फराकिलो हुनु पर्ने गर्भाशय साँघुरीदै जाने जोखिम हुन्छ जसको कारण पछि गएर गर्भ बच्चा नबस्ने जोखिम हुन्छ ।
३. कहिलेकाही जमेको रगत गर्भाशयको नलीमा गएर बस्छ जसको कारण अण्डा गर्भाशयमा आउने बाटो बन्द हुन्छ । यसकारणले गर्दा पछि आफुले चाहेको समयमा बच्चा बस्दैन ।
बारम्बार गर्भपात गरिराख्दा पछि गएर बाँझोपन हुने जोखिम हुन्छ त्यसैले एक वा दुई पटक भन्दा बढि पटक मात्र गर्भपात गर्न चिकित्सकले सल्लाह दिने गर्छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button