मुख्य समाचारसमाचार

” आजको आवश्यकता आर्थिक विकास र समृद्धि” : मन्त्री राई

Gobal IME Bank

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले देशको आर्थिक विकास, समृद्धि र आर्थिक रूपान्तरण आजको आवश्यकता रहेको बताउनुभएको छ । उहाँले आर्थिक रूपान्तरण गर्न सबैजना जुट्नुपर्ने धारणा राख्नुभयो ।

काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको तमु सोनाम तथा ग्याल्वो ल्होछार शुभकामना कार्यक्रममा मन्त्री राईले देश माथि उठाउन सबैजना एक हुनुपर्ने बताउनुभयो । नेपाल बहुजाति र बहुभाषी देश भएकाले यो देश माथि उठाउन धर्म तथा संस्कृतिलाई बचाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “चार्डपर्व मनाउँदा हिजोको तुलनामा अझ राम्रो र व्यवस्थित ढङ्गले मनाउँदै आएका छौँ । सबैजना रमाउँदै आएका छौँ । चाड मनाउँदा पनि हामीले आर्थिक रूपान्तरण गर्नुपर्छ । स्थानीय उत्पादनलाई राष्ट्रियरूपमा बजारीकरण गर्नु आजको आवश्यकता हो, त्यसतर्फ हामीले ध्यान दिनुपर्छ ।”

बूढानीलकण्ठ नगरप्रमुख मिठाराम अधिकारीले नयाँ संस्कार र संस्कृतिको प्रभाव बढ्दै जाँदा आफ्ना मौलिक संस्कृति हराएर जाने खतरा देखेपछि मौलिक, कला, परम्परा, संस्कृति संरक्षणमा नगरपालिका जागरुक बनेको बताउनुभयो । उहाँले हाम्रा संस्कार संस्कृतिहरू समाजका नागरिकको जीवन पद्धतिको तरिका रहेको भन्दै सबैले आ–आफ्ना संस्कृति, संस्कार मान्यताको संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रम संयोजक तथा नगर उपप्रमुख अनिता लामाले नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुन नसकेको अवस्थामा आफ्ना परम्परागत संस्कृति लोप हुन नदिन नगरपालिकाले कार्यक्रम आयोजना गरेको बताउनुभयो । धर्म र संस्कृतिलाई राष्ट्रिय पूँजी बनाउनु पर्ने उपप्रमुख लामाको भनाइ छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button