मनोरञ्जनसमाचार

अक्षय कुमारले राखे गिनिज विश्व कीर्तिमान, तीन मिनेटमा १८४ सेल्फी

Gobal IME Bank

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले गिनिज विश्व कीर्तिमान राखेका छन् । तीन मिनेटभित्र १८४ वटा सेल्फी खिच्दै अभिनेता अक्षय कुमारले गिनिज विश्व कीर्तिमान राखेका हुन् ।

यसअघिका अमेरिकाका जेम्स स्मिथको १६८ वटा सेल्फीको रेकर्डलाई तोड्दै अक्षयले नयाँ कीर्तिमान राखेका हुन् ।
मुम्बईमा बुधबार आयोजित समारोहमा अक्षयले कीर्तिमान रचेका हुन् ।

अक्षयको फिल्म ‘सेल्फी’ पनि शुक्रबार विश्वव्यापी प्रदर्शन हुँदैछ । राज मेहता निर्देशित यो फिल्ममा उनले पहिलोपटक इमरान हासमीसँग स्क्रिन सेयर गरेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button