समाचार

११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै-GoodNews24

Gobal IME Bank

काठमाडौं । नेकपा भित्रको आन्तरिक किचलोको बिचमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि सर्वदलीय बैठक बोलाएका छन् ।

बैठक बालुवाटारमा बिहान ११ बजेबाट बस्ने छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार समसामयिक राजनीतिक विषयमा छलफलका लागि राजनीतिक दलहरुको बैठक बोलाइएको हो ।

त्यसो त मंसिर २१ गते नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखिएका केही गम्भीर विषयमा छलफल गर्न सर्वदलीय बैठक आवश्यक भएको बताएका थिए ।

पार्टीको आफ्नै आन्तरिक किचलो, सडकमा राजाबादीहरुको प्रदर्शनका बिच बोलाइएको सर्वदलिय बैठक यति सबैको चासोको बिषय बनेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button