मुख्य समाचारशिक्षा स्वास्थसमाचार

घ्यु कुमारीको फेस प्याक…

Gobal IME Bank

एजेन्सी । घ्यु कुमारीलाई सजिलै घरमा पनि उमार्न सकिन्छ भने यसलाई मेनटेन गर्नको लागि धेरै मिहेनत पनि लाग्दैन । घ्यु कुमारीमा पाइने जेलमा हुले औषधीय गुणको लागि घ्युकुमारी निकै चर्चित छ ।

घ्यु कुमारीलाई जुन रूपमा प्रयोग गरे पनि हामीलाई फाइदा हुन्छ । यसको जेल बनाएर नियमित प्रयोग गर्दा छालाको सुन्दर हुन्छ । यसमा अन्य उपयोगी पदार्थ मिलाएर बनाएर फेस प्याक बनाएर लगाउदा पनि छालाको लागि फाइदाजनक हुन्छ । घ्युकुमारीमा के के मिसाएर फेस प्याक बनाउन मिल्छ ? पढ्नुहोस्

काँक्रो र घ्यु कुमारीको प्याक
घ्यु कुमारीलाई राम्ररी सफा गरेर यसको जेल निकाल्नुहोस् र एउटा काँक्रो कोरेसोमा कोरेर त्यसको रस निकाल्नुस् । काँक्रोको रसलाई जेलमा मिसाई त्यसमा अलिकति गुलाबजल पनि मिसाउने । फेस प्याक तयार भई सके पछि अनुहार तथा घाँटीमा लगाएर २० मिनेट छाडिदिनुस् त्यसपछि सफा पानीले मुख धुने। यो प्याक संवेदनशील छालाको लागि बढी उपयोगी हुन्छ ।

कागती र घ्यु कुमारीको प्याक
कागती र घ्युकुमारीको उपयोगी प्याक घरमै बनाएर प्रयोग गर्न सकिन्छ । घ्युकुमारीको जेलमा कागतीको रस मिसाएर हरेक दिन अनुहार र घाँटीमा लगाउनुस् । यसरी फेस प्याक लगाउदा अनुहारमा चमक आउन थाल्छ । यो हरेक प्रकारको छालाको लागि उपयोगी हुन्छ ।

बेसन र घ्यु कुमारीको प्याक
एक कचौरा घ्यु कुमारीको जेल निकाल्नुस् यसमा बेसन, दही, गुलाबजल र सुन्तलाको बोक्राको धुलो मिसाएर बाक्लो पेस्ट बनाउने। यसलाई अनुहार र घाँटीमा हप्ताको दुईपटक लगाउनुस् । केही समयपछि तपाईंले फरक महसुस गर्नुहुन्छ । यो प्याक सामान्य छाला हुनेका लागि उपयोगी हुन्छ ।

मह र घ्यु कुमारीको प्याक
ताजा घ्युकुमारीको पातलाई राम्ररी धोएर पानीमा उमाल्नुस् र यसको पेस्ट बनाउनने। यो पेस्टमा थोरै मह मिसाएर प्याक बनाउने। फेस प्याक तयार भई सके पछि अनुहार र घाँटीमा लगाएर २० देखि २५ मिनेटसम्म छाडिदिने र पछि सफा पानीले मुख धुने। यो फेस प्याक हप्तामा दुईपटक लगाउँदा छालाको लागि राम्रो हुन्छ ।

केरा र घ्यु कुमारीको प्याक
एउटा पाकेको केरालाई ब्लेन्डरमा राखेर यसको पेस्ट बनाउने यसमा दुई ठूलो चम्चा घ्यु कुमारीको जेल र दुई ठूलो चम्चा मह मिसाउने । यी तीन चिजलाई राम्ररी मिसाएर पेस्ट तयार भए पछि अनुहारमा लगाएर ३० मिनेटको लागि छोडिदिने । त्यसपछि मनतातो पानीले मुख धुने। यो फेस प्याक संवेदनशील छालाका लागि बढी उपयोगी हुन्छ ।

मसला बदाम र घ्यु कुमारीको प्याक
मसला बदामलाई राम्ररी पिसेर पेस्ट बनाउने यसमा दुई चम्चा घ्युकुमारीको जेल मिसाएर फेस प्याक तयार गरि अनुहार र घाँटीमा लगाउने । करिब १५ मिनेटपछि सफा पानीले मुख धुने । यो प्याक ढल्कँदो उमेर भएका र सुक्खा छाला भएकाहरुको लागि उपयोगी हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button