शिक्षा स्वास्थसमाचार

एलोभेरा अर्थात् घीउकुमारीको बहु गुण फाईदाहरु…

Gobal IME Bank

काठमाडौँ । एलोभेरा अर्थात् घीउकुमारी औषधीय गुण भएको वनस्पति हो । एलोभेरालाई संस्कृतमा कुमारी भनिन्छ । कयौँ वर्ष सम्म पनि ताजा हुने भएकाले नै यसलाई कुमारी भनिएको बताइन्छ । यसलाई सजिलै घरको करेशा बारी, बगैँचा अथवा गमलामा रोप्न पनि सकिन्छ ।

घीउकुमारी एन्टी टक्सिक हुनुका साथै यसले पाचन प्रक्रियामा समेत फाइदा गर्छ । यसले छालाका कोशिकाहरूलाई पुनरुत्थान समेत गर्दछ । आयूर्वेदमा एलोभेराको प्रयोग चिकित्सीय र कस्मेटिक दुवै प्रयोजनका लगि गर्ने गरिन्छ । एलोभेरामा भिटामिन ए, सी र इ पाइन्छ । त्यसका साथै भिटामिन बी १२, फोलिक एसिड, र कोलिन पनि पाइन्छ । एलोभेरा हाम्रो स्वास्थ्य, छाला र कपाल सबैका लागि फाइदाजनक हुन्छ । के के हुने रैछन त यसका फाइदाहरु ? जानी राखौँ ।

१) स्वास्थ्य सम्बन्धी फाइदाहरु
एलोभेरालाई बल्ड सुगर लेभल कम गर्नका लागि प्रयोग गरिन्छ । यसलाई दाँतमा हुने फोहोर अथवा डेन्टल प्लेग हटाउनका साथै कब्जित र अन्य पाचन सम्बन्धी रोगका लागि पनि फाइदाजनक मनिन्छ । यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई सुधार गर्न पनि सहयोग गर्छ । यसमा पोलिस्याचुरेटेड र मोनोस्याचुरेटेड कम्पाउन्ड पाइन्छ जसले सेतो रक्त कोशिकाहरू बढाउन मद्दत गर्छ । एलोभेरा एन्टिअक्सिडेन्ट हो जसका कारण यो डायबिटिजका रोगीका लागि पनि लाभदायक हुन्छ ।

डाक्टरको परामर्स अनुसार १० मिलिलिटर एलोभेराको जुस र १० मिलिलिटर पानी मिसाई पिउँदा बल्ड सुगर लेभल कम हुने बताइन्छ । यसका साथै यदि तपाईको आँखा रातो हुने र पोल्ने गर्छ भने एलोभेराको प्रयोग गर्नुहोस् । यसका लागि एउटा कपडामा एलोभेराको जेल पोको पारी बिस्तारै आँखामाथि राख्नाले शीतल महसुस हुन्छ । यसै गरी डेन्टल प्लेग हटाउनका लगि दाँतमा एलोभेराको जेल दल्न सकिन्छ ।

दाँतबाट रगत आउने र गिजा सुन्निने समस्या छ भने एलोभेराको माउथ वास प्रयोग गर्न सकिन्छ । अधिक मात्रामा प्रयोग गरेकमा भने यसले हानी पनि पुर्याउन सक्छ । यसका थुप्रै फाइदा हुनुका साथै केही साइड इफेक्ट पनि हुन्छन् । बाह्र वर्ष मुनिका बालबालिका, स्तनपान गराउने आमाहरू, सुत्केरी महिलाहरुले प्रयोग गर्नु हुँदैन ।

२) छाला सम्बन्धी फाइदाहरु

एलोभेरा छालाका लागि पनि धेरै लाभदायक मानिन्छ । एलोभेरामा हाइड्रेटिंग र एन्टी एजिंग गुणहरू पाइन्छ जसले छालालाई नरम र सुन्दर बनाउँछ । यसले तपाईहरुले दिनहुँ आफ्नो छालामा मोइस्चराईजर र क्लिन्जरको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । एलोभेराले पिम्पल, डार्क सर्कल, ब्ल्याक हेड्स कम गर्न पनि मद्दत गर्छ । एलोभेरामा बेसारको धूलो मिसाइ लगाउनाले पिप भएको पिम्पललाई उपयोगी हुन्छ । एलोभेराको जुसको सेवन गर्नाले छालालाई रुखो हुन दिदैँन जसले छालालाई चम्किलो र नरम बनाँउछ । प्राकृतिक रुपमा बारीमा फलेको ताजा एलोभेराको प्रयोग गरियो भने यसले छिटो र राम्रो परिणाम दिन्छ ।

३) कपाल सम्बन्धी फाइदाहरु

कपालको लागि पनि एलोभेरा निकै फाइदाजनक रहेको पाइन्छ । एलोभेराले कपाललाई स्वस्थ्य र बाक्लो बनाउन मद्दत गर्छ । यसले कपाललाई बलियो बनाउनुका साथै कपाल झर्ने समस्या समेत कम गर्छ । यसले कपाललाई घामबाट जोगाउनुका साथै चाँया कम गर्न पनि सहयोग गर्छ । हप्तामा एक दिन ३० मिनेट जति एलोभेराको जेल कपालमा लगाई नुहाउनाले कपाल नरम, बाक्लो र सुन्दर हुन्छ ।

हाम्रो घरको करेशा बारीमै पाइने यो औषधीय गुण भएको वनस्पति एलोभेराले छाला र कपालका साथै र हाम्रो स्वास्थ्यमा पनि विभिन्न फाइदा पुर्याउँछ । बहु गुण भएको एलोभेरा खानुका साथै छाला र कपालमा समेत प्रयोग गर्न सकिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button