मुख्य समाचारसमाचार

वाणिज्य नीति संशोधन गर्ने मन्त्री भण्डारीको निर्णय

Gobal IME Bank

काठमाडौँ । ले वाणिज्य नीतिलाई पुनरावलोकन गर्नेसम्बन्धी पहिलो निर्णय गर्नुभएको छ । उहाँले आज कार्यभार सम्हाल्दै उक्त निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।

मन्त्री भण्डारीले गत पुस १० गते मन्त्रीको शपथ लिनुभएको थियो । उहाँ आज कार्यभार सम्हाल्न मन्त्रालय पुग्नुभएको थियो ।

मन्त्रालयमा मन्त्री भण्डारीलाई सचिवद्वय तोयानारायण ज्ञवाली र मधुकुमार मरासिनीले स्वागत गर्नुभएको थियो । स्वागत कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ कर्मचारी र मन्त्रालयअन्तर्गतका सार्वजनिक संस्थानका प्रमुखहरुको सहभागिता थियो ।

कार्यभार ग्रहणपछि मन्त्री भण्डारीले विदेशी भूमिमा श्रम गरिरहेका नेपालीलाई स्वदेशमा श्रम गर्ने वातावरण बनाउने गरी उद्योगधन्दाको विकास गर्न आफूले काम गर्ने बताउनुभयो । यसका लागि अहिले भएका नीतिगत समस्यालाई छिट्टै किनारा लगाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारले ल्याएको २१ बुँदे साझा कार्यक्रममा समेटिएका विषयलाई पूरा गर्न मन्त्रालय केन्द्रित हुने मन्त्री भण्डारीको भनाइ थियो । यसका लागि रुग्ण उद्योगको पुनःस्थापना र साना तथा मझौला उद्योगको प्रवद्र्धनमा ध्यान दिइने उहाँले उल्लेख गर्नुभयो ।

आजको निर्णय प्रदेश सरकारका सम्बद्ध मन्त्रालयमा सुझावका लागि पठाइने र प्रदेशबाट प्राप्त सुझावलाई समेत समेटेर उक्त नीतिलाई अन्तिमरुप दिइने मन्त्रालयले जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button