मुख्य समाचारसमाचार

ग्लोवल आईएमई र बैंक अफ काठमाण्डुको एकीकृत कारोबार आजबाट

Gobal IME Bank

काठमाडौं । ग्लोवल आइएमई बैंक र बैंक अफ काठमाण्डुको एकीकृत कारोबार आजदेखि शुरु हुँदैछ ।

ग्लोवल आईएमई बैंकले बैंक अफ काठमाण्डुलाई मर्ज गरेपछि मुलुककै ठूलो बैंक समेत बनेको हो ।यी दुई बैंकले मर्जर सम्झौता गरेको ७ महिनापछि एकीकृत कारोबार गर्न लागेको हो । ग्लोवल आइएमई बैंक र बैंक अफ काठमाण्डुबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो ।

ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डुका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । ग्लोवल आइएमई बैंक र बैंक अफ काठमाण्डु १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । अर्थात बैंक अफ काठमाण्डुको १ सय कित्ता सेयर भएका शेयरधनीले मर्जरपछि ग्लोवल आइएमई बैंकको १ सय कित्ता शेयर प्राप्त गर्नेछन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button