मनोरञ्जनसमाचार

गायिका बार्तिका एम राई र गायक युगलले गरे इन्गेजमेन्ट

Gobal IME Bank

काठमाडौं । नेपाली सांगितिक क्षेत्र, त्यसमा पनि युवा जगतका मन मुटुमा बस्न सफल गायिका बार्तिका एम राई विवाह बन्धनमा बाँधिने तर्खरमा रहेकी छिन् ।

भर्खरै मात्र गायिका बार्तिका एम राई र गायक युगल गुरुङबिच इन्गेजमेन्ट भएको खबर आएको छ । गायक युगल र गायिका बार्तिकाले साथीले बधाई दिइएको तस्बिर इन्स्टाग्राम स्टोरीमा पोस्ट गरेका छन्।

त्यसो त गायक युगल र गायिका बार्तिका लामो समयदेखि प्रेममा थिए। गायिका बार्तिकाको ‘तिमी र म, नजिक, उमेर, बाँकी, खुसी, घर, सम्झना, खै’ लगायत थुप्रै गीतहरु दर्शक श्रोतामाझ प्रसिद्ध छन् । यता गायक युगलले ‘यो पखाई, आफ्नो संसार, कोठा, सहारा, लुकामारी, कहाँ छौं, कुरा’ जस्ता गीतहरु गाएका छन्।

उनीहरूले पारिवारिक जमघटबीच इन्गेजमेन्ट गरेका हुन्।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button