मुख्य समाचारसमाचार

प्रधानमन्त्री दाहालसँग इजिप्टका राजदूतद्वयको शिष्टाचार भेटवार्ता

Gobal IME Bank

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा हाम्दी अहमद इल्जेबालीले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राजदूत नोहाले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुभएको हो । उहाँहरूबीच दुई देशबीचको सम्बन्ध र बहुपक्षीय सहयोग आदानप्रदानबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

त्यसैगरी प्रधानमन्त्री दाहालसँग नेपालका लागिका नर्वेका राजदूत टोरून ड्रमडालले शिष्टाचार भेट गर्नुभएको छ । उहाँहरूबीच आपसी हित बहुपक्षीय विकाससम्बन्धी सहयोग आदानप्रदानबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button