मनोरञ्जनमुख्य समाचारसमाचार

भूटान गजल मञ्चले ‘गजल धमाका गर्दै’

Gobal IME Bank

अर्जुन प्रधान
काठमाडौं । भूटान गजल मञ्चले पुनः पूर्णता पाएसँगै अमेरिकाको पेन्सेलभेनिया राज्यको पिट्सबर्ग शहरमा करिब ८०-९० जना स्रष्टाको वाचन र गायनको समागम कार्यक्रम “गजल धमाका” यहि २५ फेब्रुअरी, २०२३ का दिन दिउँसो ३ बजेदेखि गर्ने भएको छ।

वि. सं. २०६० साल फागुन १० गते स्थापना भएको भूटान गजल मञ्चले आफ्नो स्थापना दिवस यसै वर्षदेखि मनाउन सुरू गरेको हो । भूगमका अध्यक्ष नेत्राचार्य कौडिन् भन्नुहुन्छ-“अमेरिका र क्यानडामा रहनुहुने नेपाली भाषी सबै स्रष्टाको भेला हुने माध्यम पनि भयो, हामीलाई भाषाका लागि सिमाले छेक्दैन भन्ने कुराको राम्रो सन्देश पनि भयो, साथै नेपाली साहित्यमा एउटा इटा थपिने पनि भयो।”

भूगमका उपाध्यक्ष पूर्ण नर्जाली भन्नुहुन्छ- “यो खर्चिलो कार्यक्रम हो, यसको हालसम्मको खर्च नै ४५ हजार अमेरिकी डलर जति भइसक्यो। हाम्रो एस्टिमेटमा यो कार्यक्रमको कुल खर्च ४०-४५ हजारको हुनुपर्छ। भूटान गजल मञ्चले यस कार्यक्रमलाई साङ्गीतिक साहित्य समारोह, विशाल महोत्सवको समेत नाम दिएको छ। वाद्यवादनका साथ रचना वाचन र गायनका साथमा पुस्तक विमोचन समेत रहने आशा छ।”

भूटान गजल मञ्चले अमेरिकामा र क्यानडामा हुनुहुने सम्पूर्ण नेपाली साहित्यमा कलम चलाउनुहुने स्रष्टाहरूलाई सम्झन चाहन्छ र निमन्त्रणा पनि दिन चाहन्छ। यदि हामीले छुटाएका छौँ भने, हामीलाई सम्झाउनुहोस्। हामी सबैलाई समेट्न चाहन्छौँ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button