मनोरञ्जनमुख्य समाचारसमाचार

चरित्रमा बाँच्ने बिपिन कार्की

Gobal IME Bank

काठमाडौँ । अभिनेता बिपिन कार्की आफ्ना चरित्रमार्फत चिनिनुहुन्छ । लूट, छड्के, पशुपति प्रसाद, नाका, हरिलगायतमा उहाँको चरित्रले पहिचान स्थापित गर्यो । उहाँलाई चलचित्र ‘जात्रा’ पश्चात मात्र दर्शकले चिन्न थालेका छन् । जात्रै जात्रा, प्रसाद, सेल्फी किङमार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै फिल्ममा भित्रिनुभएको हो । ‘जात्रा’ सिरिजमा अभिनेत्री वर्षा राउतका श्रीमानको भूमिका निर्वाह गर्नुभएका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव स्वीकार्नुभयो ।

“मैले चरित्र बाच्ने कोसिस गर्छु । त्यहाँ म पात्र हुँ । त्यसैले मैले सहजै भूमिका स्वीकार्ने गर्छु”, अभिनेता कार्कीले भन्नुभयो । यद्यपि फिल्ममा भने उहाँ वर्षाको पिता बन्नुभएन । निर्देशक दीपेन्द्र के खनालले जोखिम लिन चाहनुभएन । “दर्शकले विश्वास गर्नुहुन्न की ? मेकअप आर्टिस्टले राम्रो गर्न सक्नुभएन भने ? जस्ता प्रश्न उठेपछि मैले शङ्खेको भूमिका निर्वाह गरेको हुँ”, अभिनेता कार्कीले भन्नुभयो ।

प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझैँ पर्दामा ल्याउन नसकेको उहाँ बताउनुहुन्छ । चरित्रमा बाँच्ने अभिनेता कार्कीलाई लिएर केही समयदेखि कलात्मक पाटो भन्दा व्यावसायिक पाटोले आकर्षणगर्ने गरेको गुनासो फिल्मकर्मीले गर्न थालेका छन् । “म कलाकारसँगै छोरा, श्रीमान् र पिता पनि हुँ । यी दायित्व निर्वाह गर्नुपर्ने हुन्छ । व्यावसायिक पाटोमा भने मेकर्सको सोचले फरक पार्छ । कलात्मकतामा कला र व्यावसायिकमा व्यावसायिकता खोज्ने गरेको छु”, अभिनेता कार्कीले भन्नुभयो ।

अर्का अभिनेता दयाहाङ राईसमेत अभिनेता कार्कीको चरित्र निर्माण र त्यसमा बिताउने समयदेखि प्रभावित हुनुहुन्छ । “हामीले केही फिल्ममासँगै काम गरेका छौँ । उहाँको चरित्रप्रतिको गम्भिरता र निर्माणमा गरेको मेहनतले म जस्तो कलाकारलाई ऊर्जा दिन्छ”, अभिनेता राईले भन्नुभयो । अभिनेता राई र कार्कीले लूट सिरिज, जात्रै जात्रा र के घर के डेरामा सँगै काम गर्नुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button