मुख्य समाचारसमाचार

बौद्धनाथ क्षेत्रमा बढ्न थाले बाह्य पर्यटक

Gobal IME Bank

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा बाह्य पर्यटक बढ्न थालेका छन् । आर्थिक वर्ष २०७७/७८ मा यस क्षेत्रमा दक्षिण एसियाली देशका एक हजार पाँच सय ४४ र अन्य देशका एक हजार दुई सय ५६ पर्यटक आएका थिए । कोरोना महामारीका कारण त्यस आर्थिक वर्षमा पर्यटक कम आएका थिए । धेरै समय बन्दाबन्दी (लकडाउन) गरिएकाले कम पर्यटक आएका हुन् ।

यो सङ्ख्या आव २०७८/७९ मा बौद्ध क्षेत्रमा घुम्न आउने पर्यटक केही बढेका थिए । त्यस वर्ष दक्षिण एसियाली देशका ६५ हजार आठ सय ३१ र अन्य देशका ३० हजार एक सय नौ पर्यटक आएको बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक शान्तिमाया तामाङले राससलाई जानकारी दिनुभयो ।

पर्यटकको सङ्ख्या चालु आर्थिक वर्षको आठ महिनामै एक लाख ३६ हजार नौ सय ३६ पुगेको उहाँले बताउनुभयो । जसमा दक्षिण एसियाली देशका ६९ हजार आठ सय ३४ र अन्य देशका ६७ हजार ९२ रहेका छन् । समितिले पर्यटक आकर्षित गर्न यस क्षेत्रको सफाइमा विशेष ध्यान दिएको जनाएको छ । सफाइका लागि निजी क्षेत्रको गजुरमुखी सेक्युरिटी कम्पनीसँग सम्झौता गरिएको छ ।

कम्पनीका छ जना कर्मचारीले दैनिक बौद्ध क्षेत्रमा सफाइ गर्ने छन् । जसका लागि समितिले वार्षिकरूपमा रु १७ लाख ३९ हजार तीन सय १४ शुल्क दिने जनाइएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button