मुख्य समाचारशिक्षा स्वास्थसमाचार

पुरुषमा पनि हुनसक्छ स्तन क्यान्सर, यी हुन् लक्षणहरु…

Gobal IME Bank

एजेन्सी । ब्रेस्ट क्यान्सर प्रायः महिलाहरुमा हुने गर्छ तर पछिल्लो समय पुरुषमा पनि स्तन क्यान्सर देखिन थालेको छ । विश्वभर १०० मध्ये एक पुरुषहरुको ब्रेस्ट क्यान्सरको उपचार हुने गरेको छ ।

६० देखि ६५ वर्ष र त्यसभन्दा माथि उमेरसमुहका पुरुषहरुमा स्तन क्यान्सरको जोखिम हुन्छ। डाक्टरका भनाई अनुसार पुरुषहरु स्तन वरपर बिबिरा आउने र रातो हुने समस्या लिएर छालारोग विशेषज्ञसम्म पुगिरहेका हुन्छन् तर, त्यस्तो लक्षण क्यान्सरको पनि हुनसक्छ ।

पुरुषहरुको स्तन छेउछाउ सानोतिनो घाउ आउँदा, निप्पलबाट पानी मिश्रित रगत वा पिप बग्न थाल्दा, रातो रातो गिर्खा निस्किँदा पुरुषहरु सचेत हुनुपर्छ, ब्रेस्ट क्यान्सरबाट पीडित पुरुषहरुको निप्पल पनि महिलाको जस्तै भित्रतिर तानिन थाल्छ र गाँठागुठी आउँदा दुख्दैन ।
पुरुषहरुमा स्तन छेउछाउ काखीतिर, घाँटीको भाग र केही तल गाँठागुठी आयो र त्यो बढ्दै गयो भने त्यो ब्रेस्ट क्यान्सरको लक्षण हुन सक्छ ।

यसलाई साधारण गिर्खा, गाँठो वा इन्फेक्सन भनेर नबस्न समेत चिकित्सकले सुझाव दिएका छन्। चिकित्सा विशेषज्ञका अनुसार धेरै मोटोपना भएको व्यक्ति, जंकफूड बढी मन पराउने, अनहेल्दी फूड बढि मात्रामा सेवन गर्ने, धुम्रपान गर्ने, बढी मदिरा सेवन गर्ने पुरुषहरुमा ब्रेस्ट क्यान्सर हुनसक्छ । तसर्थ, जकं फूडहरुबाट टाढै बसी स्वस्थकर जीवनशैली अपनाउन डाक्टरले सल्लाह दिएका छन्।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button