समाचार

मतगणनास्थलको तयारी पूरा, सिसी क्यामेरासहित तारजालीको व्यवस्था – GoodNews24

Gobal IME Bank

गलकोट, २८ वैशाख (रासस) । सुरक्षित तरिकाले मतगणना गर्नका लागि बागलुङका मतगणनास्थलमा तयारी गरिएको छ । बागलुङका १० वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल निर्माण गरी तयारी अवस्थामा राखिएको जनाएका छन् ।

बागलुङका १० वटै मतगणनास्थलमा सिसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको छ । ३० गते हुने स्थानीयतहको निर्वाचनको मतदानपछि पालिकाले मतगणनाका लागि स्थलको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो ।

न्यौपानेका अनुसार जिल्लाका १० वटै मतगणनास्थल मत गणनाका लागि सुरक्षित बनाइएको छ । बागलुङको ४ नगरपालिका र ६ गाउँपालिकाको मतगणनाका लागि सिसी क्यामेरासहित तारजालीको व्यवस्थापन गरेर मतगणना गर्ने तयारी अनुसार मतगणनास्थल तयार पारिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button