मुख्य समाचारशिक्षा स्वास्थसमाचार

क्यान्सर बारेमा प्राय: मानिसहरुलाई धेरै कुराहरु थाहा छैन, क्यान्सरका १० तथ्य

Gobal IME Bank

एजेन्सी । सामान्यतया हाम्रो शरीरको कोशिकाहरु अनावश्यक रुपमा बढ्नुलाई क्यान्सर भनिन्छ । क्यान्सर हुने सम्भावना जसलाई पनि हुन्छ । क्यान्सर प्राय धुम्रपान, मद्यपान र लागुपदार्थ सेवन गर्ने मानिसहरुलाई हुने खतरा अझ बढि हुन्छ । क्यान्सरको बारेमा प्राय मानिसहरुलाई धेरै कुराहरु थाहा छैन । क्यान्सरको बारेमा केही तथ्हरु पढ्नुहोस्

१. क्यान्सरका एक सय भन्दा बढी प्रकार छन्, यो रोगले शरीरको जुनसुकै भागमा पनि असर गर्न सक्छ।

२. क्यान्सर विश्वभरको मानिसहरुको मृत्यु हुने दोश्रो मुख्य कारण हो ।

३. क्यान्सरका कारण ७० प्रतिशत अल्प विकसित र कम विकसित देशको मानिसहरुको मृत्यु हुने गरेको छ।

४. सन् २००८ मा क्यान्सरका कारण ७६ लाख मानिसको मृत्यु भएको थियो। यो विश्वभरमा हुने समग्र मृत्युको १३ प्रतिशत हो।

५. विश्वभरमा धेरै पुरुषहरुको मृत्यु प्राय फोक्सो, पेट, कलेजो, कोलोरेक्टल र अन्न नलीको क्यान्सर यि प्रमुख पाँच कारणले हुने गरेको छ ।

६. विश्वभर क्यान्सरका कारण मृत्यु हुने महिलामा स्तन, फोक्सो, पेट, कोलोरेक्टल र पाठेघरको क्यान्सर प्रमुख पाँच कारण मृत्यु हुने गरेको पाइएको छ।

७. सूर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गरेमा क्यान्सरबाट हुने २२ प्रतिशत मृत्यु रोक्न सकिन्छ। विश्वमा क्यान्सर रोकथाम गर्न सकिने यो एक मात्र ठुलो उपाय हो।

८. विश्वभरमा हुने क्यान्सरका कारणमध्ये पाँच भागको एक भाग जटिल संक्रमणका कारण हुन्छ। उदाहरणका लागि ह्युमन प्यापिलोमा भाइरसका कारण पाठेघरको मुखको क्यान्सर र हेपाटाइटिस बी भाइरसका कारण कलेजोको क्यान्सर हुन्छ।

९. समयमा नै पत्ता लगाई उचित उपचार गर्ने हो भने स्तन, पाठेघर, मुख र कोलोरेक्टल क्यान्सर निको पार्न सकिन्छ।

१०. क्यान्सर लागी सकेपछि हुने पीडाबारे र अन्तिम अवस्थामा दिइने सेवाको बारेमा जानकारी दिँदा क्यान्सर लागेका व्यक्तिहरुको अन्तिम क्षण सहज हुन्छ।

११. सूर्तीजन्य पदार्थको प्रयोग नगर्ने, सन्तुलित भोजन गर्ने, व्यायाम गर्ने र सन्तुलित मात्रामा मद्यपान सेवन गर्दा ३० प्रतिशत भन्दा बढी क्यान्सर निदान गर्न सकिन्छ। साथै विकासोन्मुख राष्ट्रमा ह्युमन प्यापिलोमा भाइरस र हेपाटाइटिस बिबिरुद्धको खोप दिइयो भने क्यान्सरका कारण हुने २० प्रतिशत मृत्यु कम गर्न सकिन्छ ।

१२. हरेक वर्ष विश्वभरी क्यान्सरको कारण १० मिलियन मानिसहरुको मृत्यु हुने गर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button