मुख्य समाचारसमाचार

काठमाडौंको विभिन्न स्थानमा छठ पर्वको तयारी अन्तिम चरणमा

Gobal IME Bank

काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरुमा छठी माईको पूजाका लागि तयारीको काम भइरहेको छ ।
छठ पर्वको मुख्य दिन भोलि (आईतवार) छठी माईको पूजाका लागि काठमाडौंको कमल पोखरी, कुपन्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरुमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो ।

कुपन्डोलमा तयारीको काम अन्तिम चरणमा पुगेको छठ पर्व समारोहका संयोजक सतिसकुमार झाले बताउनु भयो । उहाँले सो ठाउँमा छठ पर्वमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने जानकारीसमेत दिनुभयो । काठमाडौंको विभिन्न १३ स्थानमा छठ पर्वको तयारी भईरहेको छ । सोही अनुसार कमल पोखरीमा पनि छठ पर्वको तयारीको काम अन्तिम चरणमा पुगेको कमलपोखरी छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले बताउनु भयो ।

उहाँका अनुसार सो तयारीका लागि काठमाडौं महानगरपालिकाले आवश्यक आर्थिक सहयोग उपलब्ध गराएको छ ।
कमल पोखरीमा छठ पूजाका लागि ७ फिट अग्लो छठी माईको मूर्ति राखिएको छ । सूर्य भगवानको पूजाआजा गरी अत्यन्त निष्ठापूर्वक मनाईने यो पर्वको आज दोस्रो दिन खरना मनाइँदैछ ।

आईतवार (भोलि) छठ पर्वको मुख्य दिन हो । यस अवसरमा छठको पूजा सामग्री जलाशय घाटमा लगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ भने सोमवार उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button