मनोरञ्जनसमाचार

शुभमुहूर्त गर्दै ‘छक्का पञ्जा ४’ को छायांकन प्रारम्भ – Good News 24

Gobal IME Bank

साउन ९ , काठमाडौं । भक्तपुरको सूर्यविनायक मन्दिरमा सोमवार शुभमुहूर्त गर्दै ‘छक्का पञ्जा ४’ फिल्मको छायांकन सुरु गरिएको छ । हेमराज विसीको निर्देशनमा ‘छक्का पञ्जा ४’को निर्माण घोषणा गरिएको हो । दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले सोमबार सिनेमा ‘छक्का पञ्जा ४’को शुभमुहूर्त गर्दै छायांकन सुरु गरेका छन । यो भन्दा अघि छक्का पञ्जाका सबै सिरिजहरु निर्देशन गर्दै आएकी दिपा श्री निरौलाले यस पटक अभिनय मात्र गर्ने भएकी छन भने चलचित्रको निर्देशन हेमराज विसीले गर्न लागेका हुन । सिनेमामा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्य लगायतको अभिनय रहनेछ । सिनेमाको छायांकन नरेन्द्र मैनालीको रहनेछ भने कार्यकारी निर्माताका रुपमा केदार प्रसाद घिमिरे र निर्मल शर्मा छन् । यो भन्दा अगि ‘श्री माग्ने राजा’ नाममा सिनेमा निर्माण गर्ने चर्चाले बजार तात्दै गर्दा छक्का पञ्जा ४ को छायाकंन सुरु गरिएको छ ।
आमा सरस्वती मुभिजको व्यानरमा निर्माण हुने छक्का पन्जा ४ निर्माण पक्षले चलचित्र असोजमा ल्याउने तयारी गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button