समाचार

चिनिया रक्षा मन्त्रीको नेपाल भ्रमणमा-GoodNews24

Gobal IME Bank

काठमाडौं । नेपाल–चीनको ६५ औं कूटनीतिक सम्बन्ध वर्षगाँठको अवसरमा चीनका रक्षामन्त्री वेई फेङ्हे आउन लागेका आउँदै छन । परराष्ट्र मन्त्रालयले शनिबार बिहान विज्ञप्ति जारी गर्दै रक्षामन्त्री वेईले नेपालको एकदिने संक्षिप्त भ्रमण गर्ने सार्वजनिक गरेको थियो ।

रक्षामन्त्री वेईको आइतबार हुने भ्रमणले कोभिड–१९ का कारण रोकिएका कामहरूलाई फेरि गति दिने र दुई मुलुकबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने परराष्ट्र विज्ञ तथा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक रूपक सापकोटाको ठम्याइ छ । ‘नेपालमा राष्ट्रपति सीको ऐतिहासिक भ्रमण भयो, त्यसलगत्तै कोभिड–१९ को मार अन्य मुलुकले जस्तै नेपाल र चीन दुवै मुलुकले खेप्नुपर्‍यो । अब यो भ्रमणले कोभिड–१९ पछिको सहकार्यलाई अघि बढाउन मद्दत गर्छ भन्ने लाग्छ,’ उनले भने ।

चिनिया रक्षा मन्त्री दिउँसो दुई बजे जंगीअड्डा पुगी प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम छ ।

जंगीअड्डापछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्ने छन् । बालुवाटारपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने कार्यक्रम छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button