मुख्य समाचारसमाचार

उपप्रधान-मन्त्री श्रेष्ठ विकास निर्माणको अनुगमन गर्न चितवनमा

Gobal IME Bank
file photo

चितवन । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काम समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

सडक डिभिजन कार्यालय चितवनको निरीक्षण अनुगमनपछि उहाँले विकास निर्माण आयोजनाको गुणस्तरीयतामा ध्यान दिन आग्रह गर्नुभयो ।

चितवनमा निर्माण भइरहेको विकास आयोजनाको निरीक्षण तथा विभिन्न कार्यक्रममा सहभागी हुन आउनुभएका मन्त्री श्रेष्ठले सोमबार साँझ सडक डिभिजन कार्यालयको निरीक्षण गर्नुभएको थियो ।

उहाँले यहाँ सञ्चालित आयोजना छिटोभन्दा छिटो मापदण्ड पालना गरी गुणस्तरसहित सम्पन्न गर्न सडक डिभिजन कार्यालयका प्रमुखलाई निर्देशन दिनुभयो । चितवन देशकै केन्द्र भागमा पर्ने भएकाले यहाँबाट विकास निर्माणलाई तीव्रगतिमा अघि बढाउन उहाँले निर्देशन दिनुभयो । उहाँले देशभरका योजना समयै सम्पन्न गराउन अनुगमन र निरीक्षणलाई आफूले तीव्र बनाइने बताउनुभयो ।

उपप्रधमन्त्री श्रेष्ठले आज जिल्लाका विभिन्न आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button