मुख्य समाचारशिक्षा स्वास्थसमाचार

के हो हैजा र बच्ने उपायहरु पढ्नुहोस् -Good News 24

Gobal IME Bank

काठमाडौं उपत्यकामा हैजा फैलिरहेको छ । बागबजार, डिल्लीबजार, सानेपा, कालो पुल, कपन, बल्खु, बालाजु,  थानकोट लगयतका बिभिन्न ठाउँहरुमा हैजाको बिरामीहरु देखिन र बढ्न थालेका छन । यति बेला सबै जना सतर्क र सजग रहनुपर्ने देखिन्छ । अनियन्त्रित रूपमा पानीजस्तो पातलो दिसा हुने रोग जसलाई झाडापखाला भनिन्छ, सोही झाडापखामा ‘ब्याक्टेरियम भिब्रियो कोलेरी’ नामक ब्याक्टेरिया जीवाणु देखिनु हैजा हो । यो झाडा पखालाको अनियन्त्रित रुप हो । हैजा भएमा अनियन्त्रित रुपमा पखाला लाग्छ र पानीको मात्रा कमी हुन्छ । बिशेष गरी पानीबाट महामारीको रुप लिने हैजा, वर्षा लागेसँगै पानीजन्य संक्रमणहरू फैलिरहेको अवस्थामा देखिन्छ र बढ्छ । यसले सानो समयमा नै महामारीको रुप लिन सक्छ ।

 

हैजाका लक्षणहरूः

० पानी प्यास बढि लाग्नु
० तिव्र पखाला लाग्नु तथा तिव्र वान्ता हुनु ।
० चौलानि जस्तो दिसा लाग्नु |
० दिनमा ३५ देखि ४० पटक दिसा लागि रहनु ।
० शरिरमा पानीको मात्रा कम भई थकित तथा आलस्य हुनु ।
० पिसाब कम मात्रामा हुनु ।

हैजा कसरी लाग्छ र कसरी सर्छ ?

-दुषित पानी नै प्रमुख कारण हो । बिशेष गरी हैजाको संक्रमण मानव दिसाबाट प्रदूषित पानी र अस्वास्थ्यकर खाद्य पदार्थको माध्यमले फैलिन्छ । यो फोहोर र दुषित पानीबाट सर्छ र फैलन्छ । काठमाण्डौका जार र मिनरल वाटरको पानी नै गुणस्तर र शुद्द नभएको अवस्था छ । साथै बर्षाको समयमा धाराबाट आउने पानीमा बिभिन्न जीवणुहरु हुनसक्छन । फोहोरबाट नै पानीमा, दुषित पानीबाट मान्छे र मान्छेबाट मान्छेमा सर्छ र महामारीको रुप लिन्छ ।

कसरी जोगिने ?
हैजा एउटा खतरानाक महामारी हो । सजग नभए छोटो समयमा नै ठुलो महामारीको रुप लिन सक्छ । सामान्य कुराहरु ध्यान दिए मात्र पनि हैजाको खोखिमबाट बच्न सकिन्छ ।

-पानी उमालेर मात्रा पिउने ।
जस्तो सुकै होस, मिनरल वाटर नै भए पनि पानीलाई उमालेर वा शुद्द बनाएर मात्र पिउनु पर्छ । जहाँ पायो त्यहीको पानी पिउन बन्न गर्नुहोस । पानीसंगै पिइने वा खाइने अरु बस्तुहरुमा पनि याद गर्नुहोस । हालका लागि पानी बाट नै हैजा फैलनसक्ने प्रारम्भिक सम्भावना भएका कारण पिउने र प्रयोग पानीमा मुख्य ध्यान दिनु आवश्यक छ ।

-सफा गरिएका खानेकुरा मात्र खाने
जथाभावी खानेकुरा नखानुहोस । खाने कुरामा पनि बिशेष ध्यान दिनुहोस । खाने कुरालाई सफा गरेर मात्र खानुहोस । सफा गर्दा सफा पानी मात्र प्रयोग गर्नुहोस । केही समस्या भए सर्तक रहनुहोस । चम्चा, प्लेट-भाडाकुडा सफा गर्दा समेत सफा पानीको प्रयोग गर्नुहोस । दुषित पानीले पखालेको मुला, गाजर जस्ता सलादहरु नखानुहोस ।

-सरसफाईमा ध्यान दिनुहोस 
फोहोरलाई उचित ब्य्वस्थापन गर्नुहोस । बर्षामा फोहोर अब्यवस्थित हुँदा त्यसले खतराको रुप लिन सक्छ । आफ्नो वरपर र ब्यक्तिगत सरसफाईलाई बिशेष प्रार्थमिकतामा राख्नुहोस ।

-सतर्क रहनुहोस
यति बेला स्वयमं सतर्क हुनु अति आवश्यक छ । कुनै पनि बेला बारम्बार पातलो दिशा भएमा पुनर्जलिय झोल पिउनु पर्दछ । यदि अवस्था गम्भिर हुँदै गए एन्टिबायोटिक वा अझै अवस्थामा परिवर्तन नआए अस्पताल मै भर्ना हुनु पर्ने हुन्छ । यसको लक्षण सुरु भएको ५ दिन मै ज्यान जान सक्ने भएकोले सतर्क रहनु अति आवश्यक छ । आफ्ना बालबालिकाहरुलाई बिशेष ख्याल गर्नु पर्ने हुन्छ । पानी र खानेकुरामा अहिले नै सतर्क हुनु नै बुध्दिमानी छ ।

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button