गुड न्यूज 24समाचार

हामीलाई मनपर्ने रङले हाम्रो व्यक्तित्वको बारेमा के बताउछ ?

Gobal IME Bank

काठमाडौं । कलर मनोवैज्ञानिक एन्जेला राइट भन्छिन् हामी सबैको कुनै न कुनै मनपर्ने रङ हुन्छ जसले हाम्रो व्यक्तित्व र व्यवहारको बारेमा धेरै कुराहरु बताउँछ । त्यसैले ठुला ठुला ब्रान्ड, एप, कम्पनी, वेबसाइट्स र भिजुअल आर्टिस्ट हाम्रो व्यवहार अनुसार कुनै एउटा रङको प्रयोग गरी हाम्रो मनोसवज्ञानलाई ट्रिक गर्ने गर्छन् ।

ठुला ठुला मल र पसलमा सेलको ट्यागमा सिर्फ रातो रङको प्रयोग गरी ८०५ विक्री बढ्छ । त्यस्तै फेसबुक, विन्डो, र ट्विटर जस्ता एपहरुले निलो रङको प्रयोग गरी हाम्रो मस्तिष्कमा अवचेतन रुपमा विश्वास निर्माण गरीरहेका हुन्छन् । धेरै व्यक्तिहरुलाई कलर साईकोलोजीको बारेमा थाहा हुँदैन तर रङको मनोवैज्ञानिक अनुसार कलर साइकोलाजीको बारेमा हामी थाहा भईराख्नु पर्छ ।

कलर साइकोलोजीको बारेमा थाहा भयो भने हामीलाई आफ्नो व्यक्तित्वको बारेमा अझ बढी जानकारी हुन्छ, अरुलाई भेट्दा उनिहरुको मनपर्ने रङबाट नै उनिहरुको व्यक्तित्वको बारेका जानकारी पाउन सक्छौ । यसका साथै बिजनेस, ब्रान्ड बिल्डिङ, प्रडक्ट र आर्टमा पनि कलर साइकोलोजिको प्रयोग गर्न सकिन्छ र कुन ठाँउ जाँदा कस्तो रङको प्रयोग गर्ने भन्ने पनि थाहा हुन्छ । कुन रङले के कुराहरुको प्रतिनिधित्व गर्छ पढ्नुहोस्

१) कालो
कालो रङले माहोललाई गम्भिर बनाउछ मनोवैज्ञानिकहरु भन्छन् कालो रङले पावर, कन्ट्रोल र इन्टेलिजेन्सको प्रतिनिधित्व गर्छ । कालो रङ मनपर्ने व्यक्तिहरुको व्यक्तीत्व गम्भिर, महत्वकांक्षी र तर्कपुर्ण किसिमको हुन्छ साथै उनिहरु संवेदनशील र भावनात्मक पनि हुन्छन् । यी व्यक्तिहरुको रहस्यमय व्यक्तित्व हुन्छ र उनिहरू ओभर सेरिङ गर्दैनन् आफ्नो लाइफ प्राइभेट नै राख्न मनपराउछन् । त्यसैले बिजनेसमेन र अदालतहरुमा गम्भिर माहोलको प्रतिनिधित्वको लागि कालो रङको प्रयोग गर्ने गरिन्छ ।

२) रातो
रातो रङलाइ मनोविज्ञानमा महत्वपुर्ण रंग मानिन्छ किनभने यो एउटा रङको दुई रुप हुन्छ । एक तर्फ यो रङले माया, वासना र प्यासनलाई प्रतिनिधित्व गर्छ भने अर्को तर्फ यसले पावर, आक्रमण र रिसलाई प्रतिनिधित्व गर्छ । रातो रङ मनपर्ने व्यक्तिहरुको शत्तिशालि व्यक्तित्व र शत्तिशालि भावना भएको हुन्छन् यि व्यत्तिहरु साहसिक र जोखम लिन नडराउने खालको हुन्छन् र आफैमा बढि केन्द्रित हुन्छन् । रातो रङ रगत र अग्नि सँग सम्बन्धित हुन्छ जसको कारण यसले रिसलाई पनि बढाउछ । रातो रङ अलय र उज्यालो हुने कारण ठुला ठुला कम्पनिहरु आफु प्रति ध्यानाकर्षित गर्नको लागि नोटिफिकेसनमा रातो रङको प्रयोग गर्ने गर्छन् । यो रङ मन पराउने व्यक्तिहरु पनि आफुप्रति ध्यान आकर्षित भएको मन पराउछन् ।

३) निलो
निलो रङ धेरै जसो पुरुषहरुलाई मन पर्ने रङ हो । यो रङले शान्ति, विश्वास र भरोसालाई प्रतिनिधित्व गर्छ । त्यसैले ठुलो ब्रान्ड जस्तै फेसबुक र ट्विटरहरुले आफ्नो ब्रान्डमा निलो रङको प्रयोग गरेका छन् । यो रङ कर्पोरेटिभ वल्र्डमा धेरै प्रयोग गरिन्छ जसको कारण यो रङ हाम्रो वर्किङ लाइफमा धेरै काम लाग्न सक्छ । कलर साइकोलोजिस्ट एन्जेला राइटको भनाइ अनुसार निलो रङको वातावरण बनाउदा हामीलाई शान्त, रिल्याक्सड र प्रडक्टिभ महसुस हुन्छ । निलो रङ मनपर्ने व्यक्तिहरु शान्त, आदर्शवादी, सहानुभुतिपुर्ण र कम्युनिकेटिभ व्यक्तीत्व भएको हुन्छन् त्यसैले यि व्यक्तिहरुलाई अरुले पनि विश्वास गरिहाल्ने किसिमको हुन्छन् ।

४) हरियो
हरियो रङले प्रकृति, स्वास्थ्य, पैसा र लकको प्रतिनिधित्व गर्छ । हरियो रङलाई सकारात्मक रङको रुपमा हेरिन्छ जहाँ रातो रङले शत्तिशालि भावनालाई प्रतिनिधित्व गर्छ हरियो रङले सुरक्षा र स्वास्थ्यको प्रतिनिधित्व गर्छ । त्यसैले हेल्थ प्रडक्टहरुमा हरियो रङको बढि प्रयोग गरिएको हुन्छ । यो रङ मनपराउने व्यक्तिहरु शान्त, सकारात्मक, लोजिकल र इन्भेन्टिभ किसिमको हुन्छन् ।

५) पहेँलो
पहेँलो रङले खुसीलाई प्रतिनिधित्व गर्छ । पहेँलो रङले हाम्रो मस्तिष्कमा सेराटोनिन रिलिज गर्छ र हाम्रो मेटाबोलिजमलाई बढाइदिन्छ र हामीलाई अप्रत्यक्ष रुपमा राम्रो महसुस गराउछ । डाक्टर राइट कलर इफेक्ट सिस्टममा लेख्छिन् पहेँलो रङले रचनात्मक्ता र मेमोरीलाई बढाउन मद्दत गर्छ त्यसैले थोरै पहेँलो रङको उपस्थितिमा कुनै पनि व्यक्तिको आत्मबल र कन्फिडेन्ट बढाउछ त्यसैले पहेँलो रङ मनपर्ने व्यक्तिहरुमा आत्मबल धेरै हुन्छ र उनिहरुमा कन्फिडेन्ट पनि धेरै हुन्छ । यी व्यक्तिहरु रमाइलो किसिमको र पोजिटिभ व्यक्ति भएको हुन्छन् । धेरै पहेँलो रङको प्रयोग गर्दा एन्जाइटि र नर्भसनेस बढाउछ त्यसैले धेरै मान्छेहरु यो रङको प्रयोग कपडा लगाउदैनन् । यो रङ केही ठाँउमा काम लाग्छ भने धेरै ठाँउमा लाग्दैन ।

६) पर्पल
केहि समय पहिला पर्पल रङलाई रोयल्टि र लक्जरीको प्रतिक मानिन्थ्यो किनभने त्यो समयमा धनि व्यतिहरुले मात्र यो रङको प्रयोग गर्ने गर्थे । तर अहिले पर्पल रङले रचना र आर्टलाई रिप्रेजेन्ट गर्छ । पर्पल रङ सबै रङ मिसाएर बन्ने रङ हो र यो सबै भन्दा फरक र निकै आकर्षिक देखिन्छ । पर्पल रङ मनपर्ने व्यतिहरु धेरै क्रिएटिभ, इमोस्नल र सेन्सिटिभ हुन्छन् उनिहरुमा सेन्स अफ ह्युमर अरु भन्दा धेरै हुन्छ । यो रङ मन पराउने व्यक्तिहरु प्राय एक्लोपन मनपराउने किसिमको हुन्छन् र उनिहरु कलात्मक कुराहरुमा रुचि राख्छन् ।

७) सुन्तला रङ
सुन्तला रङले उत्साह, न्यानोपन र एनर्जिको प्रतिनिधित्व गर्छ । २०१८ मा Frontiers In Psychology मा प्रकाशित गरिएको अध्ययन अनुसार सुन्तला रङको उपस्थितिमा मानिसको एनर्जि बढ्छ र उत्प्रेरित महसुस हुन्छ र कुनै पनि गाह्रो किसिमको कार्य गर्नको लागि
उत्प्रेरणा र मद्दत मिल्छ । सुन्तला रङ आध्यात्मिक अभ्यास मेडीटेसन र करुणा सँग पनि सम्बन्धित हुन्छ । मंकहरुले सुन्तला रङको कपडा लगाउछन् जसले उनिहरुको सादगी र गैर भौतिकवादि जीवनशैलीलाई प्रतिनिधित्व गर्छ । सुन्तला रङलाई आफ्नो प्रडक्टिभिटिको बढाउनको लागि प्रयोग गर्न सकिन्छ आफ्नो आसपासमा सुन्तला रङ राखि एनर्जेटिक र उत्प्रेरित रहन सकिन्छ ।

८) पिंक
पिंक रङले शान्ति, माया, केयर र चंचलताको प्रतिनिधित्व गर्छ । यो रङ मनपराउने व्यक्तिहरुले सम्बन्धको भ्यालु गर्छन, सामाजिक रुपमा एक्टिभ हुन्छन् र अरुसँग कुराकानी गर्न मन पराउछन् । यो रङलाई अपरिपक्वताको रुपमा पनि हेरिन्छ त्यसैले काम गर्ने ठाँउहरुमा यो रङको प्रयोग नगर्दा राम्रो हुन्छ ।

९) सेतो
सेतो रङले दया, शुद्धता, स्वतन्त्रता, निर्दोषता र सरलतालाई प्रतिनिधित्व गर्छ । जिवनमा केही नयाँ कुरा भईरहको छ भने सेतो रङको प्रयोग गर्ने चलन छ । सेतो रङ मन पराउने व्यक्तिहरु सफा मन भएका हुन्छन् कसैको बारेमा नराम्रो नसोच्ने किसिमको र सधै अरुको मद्दत गर्ने किसिमको हुन्छन् । सेतो रङलाई हाम्रो मस्तिष्कले स्पेससँय नि जोड्छ र सेतो मन पराउने व्यक्तिहरु सरसफाइमा बढि ध्यान दिन्छन् र आफ्नो धेरै ख्याल राख्छन् ।

१०) खैरो
खैरो रङ सन्तुलित हुन्छ । न यो धेरै डार्क हुन्छ न लाइट हुन्छ । यो रङ मन पराउने व्यक्तिहरु अटेन्सनबाट टाढा नै बस्न रुचाउछन् । अधिकतम यो रङ अन्र्तमुखी व्यक्तिलाई मन पर्छ साथै यो रङले परिपक्वताको रुपमा पनि हेरिन्छ । यो रङ मनपराउने व्यक्तिको व्यक्तित्व पत्ता लगाउन गाह्रो हुन्छ किनभने उनिहरु आफ्नो जिवनशैली सिधा र साधारण हुन्छ । उनिहरुको विचार समयसँग बदली रहन्छ र आफ्नो जिवनशैली सुरक्षित रुपमा बाँच्न रुचाउछन्

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button