मनोरञ्जनसमाचार

‘कमेडी च्याम्पियन’ को तेस्रो सिजन सुरु हुँदै, पुस २७ देखि अडिसन

Gobal IME Bank

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को तेस्रो सिजन सुरु हुने भएको छ । त्यसका लागि अडिसन पुस २७ गतेदेखि सुरु हुने भएको हो । ‘कमेडी च्याम्पियन’ का निर्देशक विशाल भण्डारीका अनुसार तेस्रो सिजनमा भाग लिन चाहनेहरुले माघ १६ गतेसम्म अडिसन दिन पाउने छन् ।

पे वेल एप डाउनलोड गरि ५ मिनेटसम्मको भिडियो बनाएर भिडियो पठाउनु पर्नेछ । त्यसमध्ये उत्कृष्टलाई छनोट गरेर फिजिकल अडिसनमा सहभागी गराइनेछ ।

शो चैत दोस्रो सातादेखि टेलिभिजनमा प्रसारण हुने बताईएको छ । शो को जजमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई नै हुनेछन् । शो का निर्माता विशाल भण्डारी, विकास भण्डारी, हिरण बस्नेत र सगुन पाण्डे हुन् । यता केकी अधिकारी र रीमा विश्वकर्मा कार्यकारी निर्माता हुन् ।

यसअघि ‘कमेडी च्याम्पियन’ को पहिलो सिजन हिमेश पन्तले र दोस्रो सिजन भरतमणि पौडेलले जितेका थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button