मुख्य समाचारसमाचार

कांग्रेस केन्द्रीय समिति बैठक पुस २८ गते बस्ने

Gobal IME Bank

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस २८ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

यसअघि पुस २२ गते निर्धारण गरिएको केन्द्रीय कार्यसमितिको बैठकको मिति परिर्वतन गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

गत मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पहिलो पटक बस्न लागेको हो । बैठकमा निर्वाचनपछिको समीक्षालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । प्रतिनिधिसभाको अधिवेशन पुस २५ देखि प्रारम्भ हुँदैछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button