समाचार

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा -Good News 24

Gobal IME Bank

काठमाडौँ, ४ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतक पदमा सांसद चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ । उहाँ पूर्वउपसभामुखसमेत हुनुहुन्छ ।
यसैगरी सचेतकमा पूर्वमन्त्री मीनबहादुर विश्वकर्मालाई नियुक्त गर्नुभएको नवनियुक्त प्रमुख सचेतक यादवले राससलाई जानकारी दिनुभयो । कांग्रेस संसदीय दलको प्रमुख सचेतक एक वर्षदेखि रिक्त थियो । यसअघि प्रमुख सचेतक रहनुभएका बालकृष्ण खाण गृहमन्त्री हुनुभएपछि सो पद रिक्त भएको हो ।
यसैगरी यसअघि सचेतक रहनुभएकी पुष्पा भुसाल उपसभामुख निर्वाचित हुनुभएपछि गत साता सो पद पनि रिक्त भएको थियो । दुवै पदमा आज कांगे्रस सभापतिसमेत रहनुभएका संसदीय दलका नेता देउवाले सो नियुक्ति गर्नुभएको हो । संसद्मा पार्टीको धारणा राख्न, कार्य व्यवस्था परामर्श समितिको बैठकमा भाग लिनेलगायत महत्वपूर्ण संसदीय गतिविधिमा प्रमुख सचेतक र सचेतकको भूमिका रहने व्यवस्था छ । —

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button