समाचार

वनमन्त्री यादव र राजदूत अहमदबीच ‘कोप–२७’ बारे छलफल – Good News 24

Gobal IME Bank

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादव तथा नेपालका लागि इजिप्टका राजदूत नोहाहाम्दी अहमदबीच आज मन्त्रालयमा भेटवार्ता तथा छलफल भएको छ । उहाँहरुका बीचमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) मा नेपालको सहभागिता र सो सम्मेलनसँग सम्बन्धित अन्य समसामयिक विषयमा छलफल भएको हो ।

जलवायुसम्बन्धी उक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२७ इजिप्टको शर्म–अल–शेखमा सन् २०२२ नोभेम्बर ७ देखि १८ सम्म आयोजना हुँदैछ । सो सम्मेलनमा नेपालले पनि सहभागिता जनाउँदैछ ।

आज भएको उक्त भेटका क्रममा राजदूत अहमदले कोप–२७ मा सहभागिताका लागि मन्त्री यादवलाई आग्रह गर्नुभएको थियो । मन्त्री यादवले कोप–२७ मा नेपालका तर्फबाट एक उच्चस्तरीय टोली सहभागी हुने र त्यसका लागि तयारी भइरहेको जानकारी राजदूतलाई गराउनुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button