अन्यशिक्षा स्वास्थसमाचार

नेपाली सेनाको क्‍वारेन्टाइनस्थल तयारी (फोटो फिचर) – GoodNews24

Gobal IME Bank

काठमाडौँ ।विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा देखिए के गर्ने भन्ने विषयमा सेनाले पूर्वाभ्यास गरेको छ । नेपाली सेनाले बुधबार जंगीअड्डामा कोरोना भाइरस संक्रमितको उपचार तयारी र विधिबारे स्वास्थ्यकर्मी र प्राविधिक टोलीलाई तालिम दिएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार ५२ जना स्वास्थकर्मी र प्राविधिक टोलीसहित १ सय ८१ जना तालिम दिइएको छ ।

तालिम सञ्चालनका लागि भद्रकालीस्थित चौरमा सेनाले ४८ वटा टेन्टभित्र नमूना क्वारेन्टाइनस्थल बनाएको छ । ‘संक्रमितलाई राख्ने क्वारेन्टाइन कस्तो हुन्छ ?, संक्रमितलाई कहाँ–कसरी राखिन्छ ?, कसरी उपचार गरिन्छ ? भनेर डेमोस्ट्रेसन देखाएका गरेको छ । प्रत्येक टेन्टभित्र दुई जनालाई उपचारका लागि राखिन्छ । दुई जना बिरामीलाई अलग–अलग दुईवटा शौचालय र पानीको व्यवस्था गरिएको थियो ।

तालिममा पोखरा, इटहरी र नेपालगञ्जस्थित सेनिक अस्पतालका चिकित्सकसहित फिल्ड एम्बुलेन्स र ओपीडीका चिकित्सकहरु सहभागी थिए । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार सेनाले पोखरा, इटहरी र नेपालगञ्जमा गरी ६ वटा आइसोलेसन कक्ष पनि स्थापना गरिसकेको छ ।


तस्वीरः रत्न श्रेष्ठ

यो पनि पढ्नुहोस् …

[irp posts=”3194″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”2573″] [irp posts=”3174″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button