अन्यशिक्षा स्वास्थसमाचार

के के हुन म्याद सकिने घरेलु सामानहरु ? पढ्नुहोस्… – Good News 24

Gobal IME Bank

कुनै कुनै सामानको म्याद नै सकिदैन भन्ने हामी धेरै जनालाई लाग्छ ।  हुन पनि घरेलु सामानहरुमा म्याद सकिने मिति लेखिएको वा छापिएको हुदैन तर ति सामानहरुको पनि म्याद हुन्छ । च्यातिए पछि वा फुटे पछि मात्र घरेलु सामानको म्याद सकिने भने होइन । घरेलु सामानको पनि म्याद हुन्छ र यि सामानहरुलाई बदली रहनु पर्छ ।
के के हुन म्याद सकिने घरेलु सामानहरु ?

१. सिरानी
सिरानीको पनि म्याद हुन्छ । हामीले सानो छदा प्रयोग गरेको सिरानी वयस्क अवस्था सम्म प्रयोग गर्नु हुदैन । धेरै वर्ष सिरानीको प्रयोग गर्दा मुन्टो दुख्ने र एलर्जिहरु हुने समस्या उत्पन्न सक्छ त्यसैले बिग्रिनु भन्दा अगाडी नै सिरानी बदल्दा राम्रो हुन्छ ।


२. चप्पल
हामीले शौचालय जाँदा प्रयोग गर्ने चप्पल पनि बदलिराख्नु पर्छ । धेरै समय सम्म एउटै चप्पल शौचालयमा गर्दा चप्पलमा किटाणु पर्न सक्छ र हामिलाई फंगल इज्फेक्सन पनि हुन्छ र चप्पललाई बेला बेलामा सफा गर्नु पर्छ ।

३. नुहाउदा प्रयोग गरिने स्पन्ज
हामीले नुहाँउदा प्रयोग गर्ने स्पन्जको पनि म्याद सकिन्छ । यसले हाम्रो शरिरमा भएको फोहोर निकाल्छ । धेरै समय सम्म एउटै स्पन्ज प्रयोग गर्दा त्यसमा पनि किटाणु फैलिन्छ त्यसैले धेरै समय सम्म स्पन्जको प्रयोग गर्नु हुदैन र प्रयोग गरिरहेको स्पन्ज तातो पानीले सफा गरिराख्नु पर्छ ।

४. तौलिया
एक वर्ष भन्दा बढि समय सम्म तौलियाको प्रयोग गर्नु हुदैन । एक वर्ष सम्ममा तौलियाको धागोहरु निस्किन पनि थाल्छ तर तौलिया धेरै सम्म र राम्रो सँग राख्नु छ भने नियमित रुपमा धोइ राख्नु पर्छ ।

५.टुथब्रस
हामी सबैलाई राम्रो सँग थाहा भएको कुरा हो तर पनि हामि टुथब्रस नभाचिए सम्म वा नबिग्रिए सम्म बदल्दैनौ । टुथब्रसलाई तीन तीन महिनामा बदलिरहनु पर्छ । रुघा खोकि लाग्दा प्रयोग गरेको टुथब्रस तिन महिना नभए पनि बदल्नुपर्छ ।

६.हाइड्रोजन पेरो अक्साइड
हामीले घरमा सानोतिनो चोटपटक लाग्दा इन्फेक्सन हुन नदिन प्रयोग गर्ने हाइड्रोजन पेरो अक्साइड राखिराखेको हुन्छौ । सिल नगरी राखेको हाइड्रोजन पेरो अक्साइड दुई महिनामा पानी सरह हुन्छ त्यसैले यसलाई दुई महिना भन्दा अगाडि नै प्रयोग गरि सक्नुपर्छ । सिल गरि राखेको हाइड्रोजन पेरो अक्साइड भने एक वर्ष सम्म स्टोर गरेर राख्न सकिन्छ ।

७.काँइयो
हामीले कपाल कोर्न प्रयोग गर्ने काँइयो हप्तामा एक पटक सफा गरिराख्नु पर्छ । फोहोर काँइयोले कपाल कोर्दा सफा कपाल पनि फोहोर हुन्छ । यदि काँइयो बिग्रेको छ भने बदलिहाल्नु पर्छ किनभने बिग्रेको काँइयो प्रयोग गर्दा हाम्रो टाउकोमा घाउ हुन सक्ने सम्भावना हुन्छ । काँइयो सात महिनामा बदलिरहनु पर्छ ।

८.अत्तर /पर्फ्युम
अत्तरमा पनि म्याद सकिने मिति राखिएको हुदैन तर अत्तरको पनि म्याद सकिन्छ । सिल खोलेको अत्तरको म्याद दुई वर्षमा सकिन्छ भने र सिल नखोलेको अत्तरको म्याद तिन वर्षमा सकिन्छ ।

९.प्यासिफायर
धेरै जस्तो प्यासिफायरमा लेटेक्सको प्रयोग गरएिको हुन्छ त्यसैले यसलाई पाँच हप्तामा बदल्नु पर्छ । पाँच हप्ता भन्दा बढि समय प्यासिफायरको प्रयोग गर्दा बच्चाहरुको मुखमा किटाणु पस्न सक्छ ।

१०.जुत्ता
हाम्रो जुत्ता हेर्दा अझै केहि वर्ष लगाउन मिल्ने जस्तो देखिए पनि हरेक दिन प्रयोग गर्दा जुत्ता बिग्रिसकेको हुन्छ । देख्दा सध्य देखिए पनि यस्तो जुत्ता लगाउदा हाम्रो जोर्निहरुमा समस्या आउन सक्छ । त्यसैले जुत्ता सके सम्म चाँडो बदलिरहनु पर्छ ।

११.मसला
हामीले खाना बनाउदा प्रयोग गर्ने मसलाको पनि म्याद हुन्छ । मसलालाई ६ महिना सम्म मात्र प्रयोग गर्न सकिन्छ ।  त्यसैले यसलाई ६ महिना भित्रमा प्रयोग गरि सकाउने वा ६ महिना पछि त्यो मसलाको प्रयोग नगर्ने ।


१२. पिठो
राम्रो र गुणस्तरिय पिठोको प्रयोग एक वर्ष सम्म गर्न सकिन्छ भने ठिकै क्वालिटिको पिठोको प्रयोग ६ महिना सम्म मात्र गर्न सकिन्छ । म्याद सकिएपछि अथवा पुरानो भए पछि पिठोमा किरा पर्ने र पिठो डल्लो पर्ने हुदा यसको प्रयोग गर्नु हुदैन ।

१३. विद्युतिय तार
धेरै समय सम्म एउटै तार र स्विच प्रयोग गरि रहदा पड्किने र करेन्ट लाग्ने डर हुन्छ । विद्युतको क्षमता भन्दा बढि समय प्रयोग गर्न नहुने हुँदा यसलाई समयमै बदलि हाल्नु पर्छ ।

१४.किटाणुनाशक
किटाणुनाशकको किटाणु नाश गर्ने शक्ति तिन महिनामा सकिन्छ त्यसैले तिन तिन महिनामा बदलिरहनु पर्छ ।

१५.लामखुट्टे विकर्षक
लामखुट्टे विकर्षकको लामखुट्टे मार्न सक्ने शक्ति दुई वर्षमा सकिने हुँदा यसलाई वर्ष सम्म चलाएर बदल्नुपर्छ ।

१६. खाने पानी राख्ने भाडा
यदि हामीले पानी पिउनको लागि प्लास्टिको बोत्तल प्रयोग गर्छौँ भने त्यसमा भाँडाको म्याद सकिने मिति छापिएको हुन्छ । म्याद सकिने वित्तिकै त्यो भाँडामा पानी पिउन छोड्ने । किनभने म्याद सकिएको प्लास्टिकको भाँडामा पानीमा पिउदा विष पिए सरह हुन्छ ।
यदि यि सामानहरु आफ्नो घरमा छन् र म्याद सकिसकेको छ भने प्रयोग गर्न छोडेर आफ्नो भान्छालाई स्वस्थ बनाउनुहोस् ।

१७.ब्रा
हामिलाई लाग्छ कि हाम्रो भित्री कपडाहरु जस्तै ब्रा , अन्डरवियर जस्ता कपडाहरु नफाटुन्जेल लगाउदा पनि केहि फरक पर्दैन । यि कपडा हाम्रो छाला र छालाबाट निस्कने पसिनासँग सम्पर्कमा आउने कपडा हुन त्यसैले एकदमै मन परेको भित्रि कपडा भए पनि यसलाई दुई वर्ष भन्दा बढि लगाउनु हुदैन ।

यदि यि सामानहरु आफ्नो घरमा छन् र म्याद सकिसकेको छ भने प्रयोग गर्न छोडेर आफ्नो भान्छालाई स्वस्थ बनाउनुहोस् । -स्टाइल क्रेज

यो पनि पढ्नुहोस् ….

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

युटुब हेर्दै मुगुका एक युवकले कपाल काट्न सिके, मासिक ३० हजार आम्दानी

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button