मुख्य समाचारशिक्षा स्वास्थसमाचार

जाडो याम शुरु भएसँगै अस्पतालहरुमा डेंगुका बिरामीहरु घट्दै

Gobal IME Bank

काठमाडौं । जाडो याम शुरु भएसँगै अस्पतालहरुमा डेंगुका बिरामीहरु कम हुँदै गएका छन् ।
काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दशैँ शुरु हुनुअघिको तुलनामा दशैँ अवधिमा डेंगुका बिरामीहरु कम हुँदै गएको हो । डेंगुको संक्रमण खास गरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट हुने गर्दछ ।

दशैँ अघिसम्म देशभर नै डेंगु महामारीले आक्रान्त बनाए पनि जाडो याम शुरु भएसँगै डेंगुको संक्रमण कम हुँदै गएको र बिरामीहरु पनि कम अस्पताल आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताउनु भयो । उहाँका अनुसार अहिले अस्पतालमा साधारण बेडमा ११ जना उपचाररत हुनुहुन्छ भने एक जना आईसीयूमा उपचाररत हुनुहुन्छ । त्यस्तै इमर्जेन्सीमा करिव ७० जना दैनिकजसो उपचारका लागि आइरहेको उहाँले बताउनु भयो ।

सूचना अधिकारी गौतमले अस्पतालमा अन्य सरुवारोगका बिरामीहरु भने यस वर्ष विगतको तुलनामा कम रहेको बताउनु भयो । उहाँले दशैँको बेलामा अस्पतालले डेंगु बढ्ने भन्ने अनुमान गरेर आवश्यक तयारी गरेपनि बिरामीहरु कम भएको बताउनु भयो । सबैले लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, लोसनको प्रयोग गर्ने, पूरा बाउला भएको लुगा लगाउने, घर वरपर पानी जम्न नदिने, घर वरपर सफा राख्ने गरेमा डेंगीबाट बच्न सक्ने बताउनु भयो । उहाँले डेंगुको प्रकोप अझै रहने भएकाले केही समयसम्म सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामीले डेंगीको प्रकोप झेलिरहेका छौँ । अस्पतालमा साधारण बेडमा ११ जना भर्ना भएर उपचाररत हुनुहुन्छ । आइसीयूमा एकजना हुनुहुन्छ । इमर्जेन्सीमा करिव ७० जना दैनिकजसो आइराख्नुभएको छ । अरु सरुवा रोगहरु कम नै छ । असोजको मध्यतिर पनि सर्पदंशका बिरामीको संख्या बढी छ, कम भएको छैन । ५ जना भर्ना भएर उपचाररत हुनुहुन्छ । डेंगीका बिरामीको संख्या भने पहिलाको भन्दा केही घटेको छ । दशैँमा हामीले जसरी डेंगु बढ्छ भनेर अनुमान गरी तयारी गरेका थियौँ । त्यो अनुसार भने बिरामी बढ्नुभएन । त्यसलाई राम्रो नै मान्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग, लोसनको प्रयोग गर्ने, पूरा बाउला भएको लुगा लगाउने, पानी जम्न नदिने, घर वरपर सफा राख्ने गरेमा हामी डेंगीबाट बच्न सक्छौँ । नेपाल सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाउन आवश्यक छ ।’

सूचना अधिकारी गौतमले विगतको वर्षमा भन्दा यस वर्ष सर्पदंशका बिरामीहरु भने बढीरहेको बताउनु भयो । गत वर्षहरुमा असोज महिनाबाट सर्पदंशका बिरामीहरु धेरै नआएको तर यस वर्ष भने हाल पनि ५ जना सर्पदंशका बिरामीहरु अस्पतालमा उपचाररत रहेको बताउनु भयो । यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने देशभर भएको केही दिनको निरन्तर वर्षाले झाडापखाला, हैजा र डेंगीको खतरा बढेकाले सतर्क रहन आग्रह गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button