मुख्य समाचारशिक्षा स्वास्थसमाचार

डेंगी दोहोर्याएर हुन्छ कि हुँदैन ? डा. रविन्द्र पाण्डे

Gobal IME Bank

काठमाडौं । जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले डेंगी रोगको संक्रमणबारे पछिल्लो समय सल्लाह र सुझावहरु दिँदै आउनुभएको छ । त्यसैक्रममा डा. पाण्डेले डेंगी रोग दोहोर्याएर हुन्छ कि हुँदैन ? भन्ने विषयमा पनि बताउनुभएको छ ।

डेंगी दोहोर्याएर हुन्छ कि हुँदैन ? डा. रविन्द्र पाण्डे यस्तो भन्नुहुन्छ । 

  • डेंगीका ४ वटा प्रजाति छन् । एकपटक डेंगी लागेपछि यदि IgM एन्टिबोडी बनेको छ भने त्यसले ३ महिना उक्त प्रजातिको लागि काम गर्दछ । यदि IgM एन्टिबोडी बनेको छ भने उक्त प्रजातिको डेंगी भाइरसको लागि केहि बर्ष (कसैलाई आजीवन) एन्टिबोडी शरीरमा रहन्छ ।
  • नेपालमा अहिले २ वटा डेंगीका प्रजाति छन् । एउटा प्रजातिको लामखुट्टेले टोकेको व्यक्तिलाई पून: अर्को प्रजातिको लामखुट्टेले टोक्यो भने दोहोर्याएर डेंगी हुन्छ । दोहोर्याएर डेंगी भयो भने पहिलेभन्दा निकै गाह्रो हुने, रक्तस्राबजन्य डेंगी हुनसक्ने र जोखिम बढ्ने हुनसक्छ । तसर्थ डेंगी लागेर निको भएका व्यक्ति पनि लामखुट्टेको टोकाइबाट बच्नु पर्दछ । हाल केहि व्यक्तिहरुमा पून: डेंगी दोहोरिएको छ ।
  • डेंगी हुँदैमा सबैलाई एन्टिबोडी बन्दैन । मलाइ डेंगी भयो, निको भएपछि परीक्षण गर्दा एन्टिबोडी बनेन । मलाई जुनसुकै बेला पनि डेंगी हुनसक्छ । डेंगी भएको १० दिनपछि हामीले डेंगी सेरोलोगी अर्थात् IgM, IgG परीक्षण गर्यौं भने एन्टिबोडी बनेरनबनेको थाहा हुन्छ ।
  • अहिले सडकमा जतासुकै खाल्डा छन्, झ्यांग छन् । अहिले ती ठाउँमा औषधि छर्ने हो भने डेंगीको लार्भा मरेर अर्को साल समस्या हुँदैन । अन्यथा अर्को साल पनि डेंगी फैलिन सक्छ । स्थानीय निकाय खास गरेर हरेक वडाले हरेक टोलमा औषधि छर्ने, झ्यांग काट्ने अभियान संचालन गर्नुपर्दछ । हामी सबैले घरभित्र पानी जम्ने स्रोत नष्ट गर्नुपर्दछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button