डेंगुका लक्षण र बच्ने उपायहरू
डेंगु एडिज इजिप्टी नामक लामखुट्टेले एउटा डेंगु पीडित रोगीलाई टोकेपछि अर्को स्वस्थ मानिसलाई टोक्दा यो रोग फैलिन्छ । डेंगु पीडितको शरीरमा रहेको डेंगुको भाइरस लामखुट्टेमार्फत् नै एउटा शरीरबाट अर्को शरीरमा पुग्छ । यो प्रजातिको पोथी लामखुट्टेको शरीरमा सेतो–कालो धर्सा हुन्छ भने यो अन्य लामखुट्टेभन्दा केही ठूलो हुन्छ । यो लामखुट्टेले प्रायगरी उज्यालोमा अथवा बिहानीपख टोक्छ । अहिले देशका विभिन्न जिल्लामा यो रोग देखापरिरहेको छ। सामान्यतया डेंगु भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन् । यो रोगका कारण यो वर्ष मात्र हालसम्म ६ हजारभन्दा बढी बिरामी भइसकेको तथ्यांक आइरहेको छ।
डेंगु ज्वरोका लक्षणहरू
– कडा ज्वरो आउने
– बेस्सरी टाउको दुख्ने
– आँखाको गेडी दुख्ने
– शरीरमा डाबरहरु आउने
– कमजोरी हुनु, भोक नलाग्नु
– नाक तथा गिजाबाट रगत आउनु
– जोर्नी तथा मांसपेशीहरु बेस्सरी दुख्ने
– पेट तथा आन्द्रामा गडबडी हुने
त्यस्तै डेंगुको अर्को विकसित रूप डेंगु सक सिन्ड्रोम पनि हो। यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ । केही बिरामीमा सुरुमै शरीरभरि खटिरा आउँछन् । त्यस्तै शरीरमा डण्डिफोर जस्तो डावरहरु देखिन्छन् । ज्वरो आइरहेको अवस्थामा नाक तथा गिजाबाट रक्तश्राव हुने र छालामुनि रक्तस्राव हुने हुन्छ। यसको उचित प्रकारले उपचार नगरे बिरामीको मृत्यु पनि हुन सक्छ। त्यसैले यस्ता लक्षणहरू देखापरेमा सकेसम्म छिटो अस्पतालमा परिक्षण गराएर उपचार गर्नुपर्छ ।
डेंगुबाट बच्ने उपायहरू
– लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुबाट जोगिने सर्वोत्तम उपाय हो ।
– काम गर्दा वा बाहर निस्किदा शरीर पुरा ढाक्ने गरी कपडा लगाउने ।
– लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्ने ।
– राती वा दिउँसो सुत्ने बेलामा झुलको प्रयोग गर्ने ।
– घरको झ्याल तथा ढोकामा मसिनो जाली हाल्ने ।
– पानी राख्ने भाँडाहरु जस्तै पानीको बाल्टिन, ड्रम आदि छोपेर राख्ने ।
– घर वरपर पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने ।
रोग लागेमा ध्यान दिनुपर्ने कुराहरू
– डेंगुका बिरामीले चिसो पानी, मैदाजन्य खानेकुरा तथा बासी खानेकुरा खानु हुँदैन ।
– खानेकुराहरूमा बेसार, ज्वानो, अदुवा एवं हिङ बढीभन्दा बढी प्रयोग गर्नुपर्छ ।
– हरियो पातयुक्त तरकारी, कर्कलो तथा काउली खानु हुँदैन ।
– हल्का तथा सजिलैसँग पच्ने खाना खानुपर्छ ।
– अनिदो नबस्ने पूरा निद्रा सुत्नुपर्छ ।
-सकेसम्म धेरै र उमालेर चिसो पारिएको पानी पिउनुपर्छ ।
– चिल्लो, पिरो, तारेको खाना खानु हुँदैन ।
यो पनि पढ्नुहोस् ….
युवा पुस्ताले के कस्ता कुराहरुमा ध्यान केन्द्रित गर्ने ? पढ्नुहोस्
बिहानीको सुरुवात कसरी गर्ने ? पढ्नुहोस् …
युवा अवस्थामा सकारात्मक र उत्साहित रहने ७ उपायहरू पढ्नुहोस्
बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु
दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ
घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्
कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्
युटुब हेर्दै मुगुका एक युवकले कपाल काट्न सिके, मासिक ३० हजार आम्दानी
गुड न्यूज 24
www.goodnews24.com
Good News Media