समाचार

सुबिधाको गाडी बेचेर खाल्टा टाल्न रोलर किन्ने मेयर साम्पाङको घोषणा -Good News 24

Gobal IME Bank

धरान, असार २४ ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् । मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्ने घोषणा गरेका हुन । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो सुबिधाको निम्ती दिएको गाडीलाई बेचेर खाल्डा पुर्न रोलर किन्ने जनाएका हुन् । मेयरलाई चढ्न भनेर स्कर्पियो गाडी भए पनि उनी सरकारी गाडी चढ्दैनन् । उनले फेसबुकमा लेखेका छन्, ‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भरिका खाल्डा टाल्न रोलर मेसिन किन्ने बिचार छ मेरो । आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ । जय धरान ।’

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button