समाचार

करोडको गाडी चढेर जनताको समस्या देखिदैँन : धरानका साम्पाङ

Gobal IME Bank

धरान, ११ जेठ। ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गदैँ एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी हुनुभएका हर्कराज राई(साम्पाङ) ले उपमहानगरपालिकाको महङ्गो सवारी साधन प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
उहाँले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताउनुभएको छ । उहाँले सामाजिक सञ्चालबाट गाडी नचढ्ने बताउनुभएको हो । “म करोडौँ पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँडन चाहन्छु, किनकी ती भत्केका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु”, उहाँले भन्नुभएको छ ।
धरानमा सामाजिक सरोकारका विषयमा आवाज उठाउँदैँ आउनुभएका राईले सामाजिक सञ्जालबाटै समस्या परे फोन गर्न आफ्नो निजी नं वितरण गर्नुभएको छ । उनले भने  “पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ, भने मलाई कल गर्नु होला 9819012371 र 984696598 “

उपमहानगरपालिका प्रशासन महाशाखाअन्तर्गत स्टोर विभागले साम्पाङका लागि को १ ज ६४० नं को आरमदायी स्कोर्पियो तयारी अवस्थामा राखीदिएको छ ।
चालक पनि तयारी अवस्थामा रहका छन् । यस्तै उपप्रमुखका लागि पनि गाडी तयारी अवस्थामा राखिएको प्रशासन महाशाखा प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिनुभयो ।
तर समाङले कुनै पनि सुबिधा नचाहिने बताउनु भएको छ ।
मङ्गलबार पदभार ग्रहणपछि प्रमुख राई उपमहानगरपालिका पुग्नुभएको छैन् । आफू जनताका आधारभूत र अति आवश्यक समस्या समाधान नभएसम्म फिल्डमै हुने प्रमुखमा विजयी हुने बित्तिकै उहाँले घोषणा गर्नुभएको थियो ।

लामो सयमदेखि सामाजिक अभियानमा लाग्नुभएका साम्पाङले चुनावको मुद्दा नै खानेपानी बनाउनुभएको थियो ।
पहिलो चरणमै खानेपानी वितरणलाई चुस्त बनाउँदै चुहावट रोक्ने प्रतिबद्धता जनाउनुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button