अन्यशिक्षा स्वास्थ

बर्षायाममा सम्भावित झाडापखालाबाट बच्ने उपाउहरु -Good News 24

Gobal IME Bank

बर्षाको समय छ । यतिबेला शुद्द पिउने पानीमा बर्षाको पानी मिसिएर दुषित हुने सम्भावना प्रवल हुन्छ । धेरै ठाउँहरुमा पानी कै कारण बिभिन्न रोगहरु फैलने गर्दछन । दुषित पानी र बर्षायाममा चाडै फैलने आउँ, हैजा, झाडापखाला जस्ता रोगहरु हुन ।
सामान्य तया दिनमा तिन चार पटक भन्दा बढी छिटो छिटो दिसा जानु र वाक वाक समेत हुनुलाई झाडापखाला वा झाडावान्ता भनिन्छ । झाडापखाला हुँदा जलवियोजनका कारण शारीरबाट प्रशस्त पानी नुन तथा पोषण तत्वहरु खेर जान्छन । यो समस्या सबै उमेरका व्यक्तिहरुलाई हुने गर्दछ भने कमजोर बुढाबुढी, ससाना केटाकेटी तथा दुब्ला पातला खालका व्यक्तिहरुलाई धेरैपटक भएमा त्यसले जीवनै खतरामा पर्न सक्छ ।
झाडापखालासंग सम्बन्धित जनचेतनाका कुराहरु हामीले हेर्दै, सुन्दै र भोग्दै आएका कुराहरु हुन । तर पनि केही साधारण कुराहरु हुन्छन जसलाई हेलचक्राईँ गर्नाले ज्यान कै जोखिम हुन सक्दछ ।

झाडापखाला हुँदा ध्यान दिनुपर्ने कुराहरु :-

१.पानीलाई राम्ररी उमालेर वा शुद्धिकरण गुरेर मात्र पिउने गनुपर्छ।
२. खानेपानीको मुहान सफा राखै मुहानमा फोहोर पानी र फोहोर वस्तु मिसिन नदिऔ खानेपानी शुद्धिकरण गर्न आवश्यक मात्रामा निर्मल चक्की वा वाटर गार्डको प्रयोग गरौ।
३. खान खानुअघि, दिसा गरि सकेपछि, बच्चाको दिसा धोएपछि वा फोहोर मैला छोएपछि साबुन पानीले हात धुने गरौ ।
४. बासी सडेगलेका साथै झिँगा बसेको र खुल्ला रुपमा राखिएको खानेकुरा नखाऔ ।
५. घर,आँगन, चोक,चर्पी सफा राखौ ।
६. सफा र ताजा खानेकुरा पर्यात मात्रामा खाऔ।
७. मरेका वा वाढीले बगाएर ल्याएको पशु पक्षी र माछा नखाऔ ।
८. घरमा पानी राख्ने भाँडा सफा राखौ र पिउने पानीलाई सधै छोपेर राखौ ।
९. खानेकुरा राम्ररी पकाएर मात्र खाने गरौ ।
१०. खाना पकाउनु ,पस्कनु ,खानु र खुवाउनु अघि साबुनपानीले राम्ररी हात धुने गरौ।

यदि केही गरी झाडापखाला भईहाले पुनर्जलिय झोल तथा गेडागुडीको झोल बढी मात्रमा पिउनु पर्छ । अझै पनि नभए नजिकको स्वास्थ्य चौकी जानुपर्दछ ।

-पबिना सिवाकोटी

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button