मनोरञ्जनसमाचार

दृश्यम सिक्वेलः के दृश्यम-३ को तयारीमा छन् निर्देशक अभिषेक पाठक ?

Gobal IME Bank

एजेन्सी । बलिउड चलचित्र ‘दृश्यम’ को सिक्वेल आईरहँदै गर्दा यतिबेला दृश्यमको तेस्रो सिक्वेलको बारेमा पनि चर्चा हुन थालेको छ । यसअघी दृश्यम र दृश्यम-२ दिईसकेका निर्देशक अभिषेक पाठकले दृश्यम-३ का बारेमा आफ्ना धारणा व्यक्त गरेका छन् । दृश्यम- २ को व्यापक सफलताका बीच निर्देशक अभिषेक पाठकले खुसी व्यक्त गर्दै दृश्यम ३ बनाउने सम्भावना रहेको बताएका हुन् ।

दृश्यम-३ को बारेमा निर्देशक पाठकलाई प्रश्न आउँदा उनले दृश्यम ३ को स्क्रिप्ट आएपछि मात्रै आफुहरुले यसको बारेमा कुरा गर्ने बताएका हुन् । उनले थप्दै, दृश्यम फ्रेन्चाइज हेर्नेको संख्या ठूलो रहेको हुनाले आफुहरु चलचित्र बनाउन हतार गरेर दर्शकहरुलाई निराश बनाउन नचाहने पनि बताएका हुन् । उनले थपे, ‘हामी सँगै मिलेर काम गर्ने र पटकथामा काम सुरु गर्ने कुरा गरिरहेका छौँ । त्यो हुन गइरहेको छ। एक पटक हामीसँग उत्कृष्ट कथा र पटकथा क्रयाक भएपछि, हामी अन्ततः सँगै आउनेछौं।

निर्देशक पाठकले दृश्यम २ को सफलताबारे खुसी हुँदै सम्पुर्ण दर्शकश्रोताहरुलाई पनि धन्यवाद दिएका छन् । उनले अहिले आफुहरु सय करोडको क्लबमा प्रवेश गरिसकेको र आफुहरुले पहिलो हप्तामा नै १०० करोडको आम्दानीमा प्रवेश गरेको पनि खुलाएका हुन् ।

अभिषेक पाठकले निर्देशन गरेको चलचित्र दृश्यम को प्रमुख भुमिकामा अजय देभगनसँगै अक्षय खन्ना, तब्बु, श्रीया सरन, इशिता दत्ता, मृणाल जाधव, रजत कपूर लगायत कलाकारको जोडदार अभिनय रहेको छ जुन दर्शकहरुले निकै नै रुचाएका छन् । गत नोभेम्वर १८ मा दृश्यम २ रिलिज भएको थियो ।

दृश्यम २ लाई भुषण कुमार र कृष्ण कुमारले प्रोड्युस गरेका थिए । नेपाली हलमा सोलो रिलिजको अवसर पाएको यो फिल्मको पहिलो दिनमै लगभग ५० प्रतिशत शोहरू सोल्डआउट भइसकेका थिए ।

सन् २०१५ मा रिलिज भएको ‘दृश्यम’ रिलिज भएको थियो । ‘दृश्यम(२’ मा पहिलो भागकै कहानीलाई निरन्तरता दिइएको थियो। विजय सालगांवकर र उनको परिवारसँग सम्बन्धित मुद्दा बन्द भएको ७ वर्षपछि पुनः खोलिएको घटना चलचित्रमा देखाईएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button