मुख्य समाचारसमाचार

दुर्गमका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन सिफारिस

Gobal IME Bank

फुङ्लिङ । ताप्लेजुङको दुर्गम क्षेत्रका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत मुख्य निर्वाचन कार्यालयसम्म ल्याउन निर्वाचन आयोगमा सिफारिस गरिएको छ । यातायातको पहुँच नपुगेको र सदरमुकामदेखि धेरै लामो दूरी हुने मतदान केन्द्रका मतपेटिका ल्याउन जिल्ला निर्वाचन व्यवस्थापन समितिले सिफारिस गरेको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताउनुभयो ।

खनालका अनुसार फक्ताङलुङ गाउँपालिका—७ ओलाचुङगोला, याङ्मा, फक्ताङलुङ गाउँपालिका—६ घुन्सा र ग्याब्लाको मतपेटिका हेलिकप्टरमार्फत ल्याउन सिफारिस गरिएको छ ।

फक्ताङलुङ गाउँपालिका ६ स्थित घुन्सा आधारभूत विद्यालय मतदान केन्द्रमा एक सय ६९ र ग्याब्ला आधारभूत विद्यालय मतदान केन्द्रमा ६७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

ओलाङचुङगोलास्थित वडा कार्यालय मतदान केन्द्रमा दुई सय ८४ र याङ्मा आधारभूत विद्यालय मतदान केन्द्रमा ६१ मतदाता छन् । गत प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा सो क्षेत्रका मतपेटिका हेलिकप्टरबाट फुङलिङ ल्याइएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button