मुख्य समाचारसमाचार

अर्थतन्त्रको मुख्य चुनौती !

Gobal IME Bank

काठमाडौं । नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा. निलम ढुङगाना तिमिल्सिनाले वाह्य क्षेत्रमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौती रहेको बताउनुभएको छ । शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै कार्यवाहक गभर्नर डा. तिमिल्सनाले यस्तो बताउनुभएको हो ।

उहाँले वस्तु तथा सेवाको आयातमा उच्च वृद्धि,कमजोर निर्यात,रेमिट्यान्समा कमि तथा पर्यटन क्षेत्रमा अपेक्षाकृत वृद्धि नभएको कारण शोधानान्तर स्थितिमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौतीको रुपमा रहेको बताउनु भयो । डा. तिमिल्सिनाले अमेरिकी डलरको मागमा भएको वृद्धिका कारण अन्य मुद्रासहित नेपाली मुद्राकोसमेत अवमूल्यान भएरको बताउनु भयो । उहाँले डलरको मूल्य बढेको कारण नेपालमा आउने रेमिटान्स बढेपनि अन्य क्षेत्रमा नकारामत्क प्रभाव परेको जानकारी दिनुभयो । उहाँले पछिल्लो समय विश्वको अर्थतन्त्रमा नै ठूलो दबाब परेकाले नेपालमा पनि मुद्रास्फीतिमा दबाब कामय रहेको बताउनु भयो ।

डा. ढुङ्गानाले नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिलाई सहजकता पूर्ण रुपमा कसिलो बनाई वाह्य क्षेत्र कसिलो कायम राख्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले आन्तरिक उत्पादनको वृद्धि गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गरी अर्थतन्त्रलाई सही दिशामा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले पर्यटन क्षेत्र र जलविद्युतको उचित उपयोग गरी कृषि क्षेत्रमा यान्त्रिकीकरण र औधोकिकरणमा विशेष जोड दिइ अर्थतन्त्रलाई उत्पादनमुखी बनाएर दिगो विकासतर्फ उन्मुख गराउनुपर्ने आवश्यक रहेको उल्लेख गर्नुभयो । सूचना प्रविधिको क्षेत्रमा भएको विकासलाई प्रयोग गरी नेपालबाट सूचना प्रविधि सेवाहरु निर्यात गर्नसकेमा नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताउनु भयो । कायवाहक गभर्नरले बैंक तथा वित्तीय संस्थाले तरलताको समस्या खेप्नुपरेको बताउनु भयो । उहाँले तरलता सहज कायम गर्न उत्पादनमुलक क्षेत्रमा लगानीमा वृद्धि गरी अर्थतन्त्रमा दबाब रहेकै कारण नियामकले पनि कडाइ गरेर अगाडि बढ्नुपर्ने अवस्था कायम रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपालको अर्थतन्त्रमा मुद्रास्फीतिको दबाब केही महिना देखिँदै आएको छ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिलाई सहजकता पूर्ण रुपमा कसिलो बनाइ वाह्य क्षेत्र कसिलो कायमा राख्दै समष्टिगत आर्थिक स्थायीत्व प्रवन्धन गर्ने र वित्तीय साधनलाई उत्पादनसील क्षेत्रमा प्रवाह गराई उत्पादकत्व अभिवृद्धिमार्फत आर्थिक वृद्धिलाई सहयोग पु¥याउने लक्ष्य लिएको छ । वस्तु तथा सेवाको आयातमा उच्च वृद्धि कमजोर निर्यात,रेमिट्यान्समा कमी तथा पर्यटन क्षेत्रमा अपेक्षा कृति वृद्धि नभएको कारण शोधानान्तर स्थितिमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौतीको रुपमा रहेको छ । अमेरिकी डलरको मागमा भएको वृद्धिका कारण अन्य मुद्रासहित नेपाली मुद्राको समेत अवमूल्यान भएको अवस्थाले रेमिटान्स बढेको अवस्था भएता पनि अन्य क्षेत्रमा नकारामत्क प्रभाव पर्छ ।

आन्तरिक उत्पादनको वृद्धि गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गरी अर्थतन्त्रलाई सही दिशामा अगाडि बढाउनुपर्ने आवश्यकता छ । पर्यटन क्षेत्र र जलविद्युतको उचित उपयोग गरी कृषि क्षेत्रमा यान्त्रिकीकरण र औद्योगीकरणमा विशेष जोड दिइ अर्थतन्त्रलाई उत्पादनमुखी तथा दिगो विकासतर्फ उन्मुख गराउनु अति आवश्यक रहेको छ । सेवा क्षेत्र विकास गर्नु अहिलेको आवश्यकता रहेको छ । सूचना क्षेत्रमा भएको विकासलाई प्रयोग गरी नेपालबाट सूचना प्रविधि सेवाहरु निर्यात गर्नसकेमा अर्थतन्त्रमा टेवा पुग्नेछ । त्यसको लागि राज्यका विभिन्न क्षेत्र समन्वय गरी पूर्वाधार विकाग गर्नुपर्ने देखिन्छ । बैंक तथा वित्तीय संस्थाले तरलताको समस्या खेप्नुपरेको छ, तरलता सहज कायम गर्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने छ, अर्थतन्त्रमा दबाब रहेकै कारण नियामकले पनि कडाइ गरेर अगाडि बढ्नुपर्ने अवस्था छ, अझै यसलाई थप सशक्त बनाउँदै लैजानुपर्ने बाध्यता हामीलाई पनि छ ।’

त्यस्तै, महालेखा परीक्षक टंकमणी शर्मा दंगालले नेपालको अर्थतन्त्र अण्डर भ्याल्युभएको बताउनु भयो । उहाँले नेपालको जिडिपी जति हो त्यो सबै एकाउन्टमा नआएको बताउनु भयो । दंगालले जिडिपी अहिलेको भन्दा बढी हुनुपर्ने भएपनि विभिन्न कारणले ठोसरुपमा जिडिपी नआएको बताउनु भयो ।

उहाँले सरकार तथा अन्य सबै निकायलाई तीन/चार वर्षदेखि मुलुकको जीडिपी राजश्व संकलन लगायतका हिसाबले हेर्दा कम रहेको बताएको बताउनु भयो । उहाँले सरकारले अहिलेसम्म गरेको लगानी बालुवामा पानी हालेको जस्तै भएको दाबी गर्नुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button