मुख्य समाचारसमाचार

निर्वाचन प्रचारका लागि टाँगिएका ब्यानर तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन

Gobal IME Bank

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका लागि टाँगिएका ब्यानरहरु तत्काल हटाउने निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरेको छ ।
सोमवार देशभरका प्रमुख जिल्ला अधिकारीहरुसँग गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो निर्देशन दिनुभएको हो ।

उहाँले उम्मेदवारहरुले विभिन्न स्थानमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो कार्य नगर्न अनुरोध गर्नुभयो । उहाँले ब्यानरको दुरुपयोग भइरहेकाले सम्बन्धित उम्मेदवारहरुलाई ब्यानर हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गर्नुभयो । सम्बन्धित उम्मेदवारले व्यानर आफूले टाँगेको हो भनि स्वीकार नगरेको खण्डमा जुन निर्वाचन चिन्हको प्रयोग भएको छ सोही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउने आचारसंहीतामा उल्लेख भएकाले सोही अनुरुप काम गर्नपनि आग्रह गर्नुभयो । त्यस्तै उहाँले कुनैपनि बहानामा भोजभतेर गराउन नपाइने बताउनु भयो ।

उहाँले खेलकुद, पुरस्कार वितरण लगायतका कार्यक्रमहरुमा राजनीतिक आवद्धता देखाउनु नहुने पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘कुरा उठ्यो, तुल, ब्यानर लगायतका कुराहरु व्यापक रुपमा दुरुपयोग भइरहेको छ । आचारसंहीता उल्लंघन भइरहेको छ । यसमा सम्बन्धित उम्मेदवारलाई तत्काल हटाउन निर्देशन दिने । नहटाएमा त्यो हटाउन लगाउने र हटाउन लागेको खर्च सम्बन्धित उम्मेदवारहरुबाट भराउने भन्ने कुरापनि आचारसंहीतामा उल्लेख छ । कसैले जिम्मा लिएन, मैले गरेकै होइन भन्यो भनेपनि अस्ति आयोगले के निर्णय गरेको छ भने जुन उम्मेदवारको निर्वाचन चिन्ह प्रयोग भएको छ । त्यही उम्मेदवारले त्यो टाँसेको हो भनि मानि त्यसलाई हटाउन लगाउने र कारबाही गर्ने । किनभने अर्काले अर्को उम्मेदवारको प्रचारप्रसार त पक्कै गर्दैन । त्यो हिसावले पनि आयोगले लिएको छ । त्यो विषयलाई तदनुरुप नै यहाँहरुले कार्यसम्पादन गर्नु हुनेछ ।’

सचिव दुवाडीले सरकारी कर्मचारीले कुनैपनि उम्मेदवारको पक्ष अथवा विपक्षमा मत जायर गर्न नपाउने आचारसंहीतामा व्यवस्था भएकाले कसैले त्यसो गरेको भेटिएमा सो कार्य रोक्न लगाउनुपर्ने बताउनु भयो । उहाँले सम्बन्धित कार्यालय प्रमुखलाई ध्यानाकर्षण गराउँदापनि आचारसंहीता उल्लंघन गर्ने कर्मचारीलाई कारबाही नभएमा प्रमुख जिल्ला अधिकारीले कारबाही गर्नसक्ने बताउनु भयो । उहाँले प्रमुख जिल्ला अधिकारीलाई अपm्ठ्यारो परेको खण्डमा निर्वाचन आयोगमा सम्पर्क गर्नपनि अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो – ‘कुनैपनि कर्मचारीले उम्मेदवारको पक्ष, विपक्षमा मत जायर गर्न, लाइक, कमेन्ट, सेयर गर्न पाइँदैन भनेर निर्णय पनि गरिसकेको छ । विज्ञप्तीमार्फत जानकारी पनि गराइसकेको छ । तसर्थ प्रमुख जिल्ला अधिकारीहरुलाई म के आग्रह गर्न चाहन्छु भने त्यस्तो भेटिएमा तुरुन्त त्यो कार्य रोक्न लगाउने, सम्बन्धित कार्यालय प्रमुखलाई त्यो कर्मचारी उपर तत्काल कारबाही गर्न लेखि पठाउने, कार्यालय प्रमुखले कारबाही गर्न आनाकानी गरेमा तपाई आफैँले कारबाही गर्ने र त्यसमा पनि अपm्ठ्यारो पर्ने भयो भने आयोगलमा तुरुन्तै सञ्चार सम्पर्क गर्ने । आयोगले त्यसलाई कारबाही गर्नेछ ।’

उहाँले स्थानीय तहसँगको सहकार्यमा मतदाता शिक्षाको काम गर्न आग्रह गर्नुभयो । जिल्लामा प्रमुख जिल्ला अधिकारीको सहभागितामा मतदाता शिक्षा जिल्लास्तरिय समितिको व्यवस्था भएको र सोही समिति अन्तर्गत मतदाता शिक्षाको काम अगाडी बढाउनुपर्ने बताउनु भयो । त्यस्तै कर्मचारीहरुलाई निर्वाचनमा स्वच्छता कायम गराउन चुकेको आरोप लाग्ने गरेको भन्दै उहाँले त्यस्तो आरोपबाट मुक्त हुनेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले कसैले निर्वाचनमा खलल पुग्नेखालको गतिविधि गरेमा कानूनी अधिकार प्रयोग गरी नियन्त्रण गर्न र कारबाहीको दायरमा ल्याउन निर्देशन दिनुभयो । सचिव दुवाडीले यसरी नियन्त्रण तथा कारबाही गरेका कुराहरु नागरिकसम्म पु¥याउन समाचार सम्प्रेषणमा ध्यान दिनपनि आग्रह गर्नुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button