मुख्य समाचारसमाचार

निर्वाचन आयोगले निर्वाचनको तयारीबारे कुटनीतिक नियोगलाई जानकारी गरायो

Gobal IME Bank

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनबारे नेपालस्थित कुटनीतिक नियोगहरुलाई जानकारी गराएको छ ।

आयोगले सोमवार नेपालस्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई निर्वाचनबारे जानकारी गराएको हो । आयोग केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र पारदर्शी ढंगले सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको र आवश्यक तयारी पूरा भएको जानकारी गराउनुभएको हो । उहाँले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा अन्तराष्ट्रिय समुदायबाट पनि साथ र सहयोगको अपेक्षा गरेको बताउनु भयो ।

आयोगका उपसचिव कमल भट्टराईले निर्वाचनका लागि गरिएको सुरक्षा व्यवस्था, आचारसंहीता कार्यान्वयनका लागि गरिएको प्रवन्ध, निर्वाचन अनुगमन गर्ने संस्था तथा पर्यवेक्षहरुको बारेमा विस्तृत जानकारी गराउनुभएको थियो । उहाँले निर्वाचनमा मतदानपछि सुरक्षा संवेदनशिलताको दृष्टिले महत्वपूर्ण मानिएको मतपेटिका सुरक्षाको लागि सुरक्षा निकायको ३ घेरा कायम हुनेगरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

भटराईले ३ वटा अन्तर्राष्ट्रिय संस्था, ४४ वटा राष्ट्रिय संस्थालाई निर्वाचन अनुगमनको अधिकार प्रदान गरिएको र निर्वाचनमा ८ हजार पर्यवेक्षक परिचालन गरिएको बताउनु भयो । कार्यक्रममा विदेशस्थित कुटनीतिक नियोगका प्रतिनिधिहरुले संविधानमा उल्लेख भए अनुसार महिला सहभागिताको प्रत्याभुतिबारे जिज्ञासा राखेका थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button