समाचार

निर्वाचनको मिति घोषणासँगै तयारीमा जुट्दै निर्वाचन आयोग -Good News 24

Gobal IME Bank

काठमाडौँ, १९ साउन । सरकारले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशैभरि एकै चरणमा गर्ने घोषणा गरेको छ। आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न गराउन निर्वाचन आयोगले औपचारिकरूपमा तयारी सुरु गरेको छ । तोकिएको दिन स्वतन्त्र र निष्पक्षरूपमा निर्वाचन गराउन आफू पूर्ण सक्षम रहेको आयोगले स्पष्ट गरेको छ ।
आयोगका पदाधिकारीले गत असार २२ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वर्तमान सांसद्हरु निर्वाचित भएको मितिका आधारमा आउँदो मङ्सिर २१ गते उहाँहरुको कार्यकाल सकिने भएकाले सो अगाडि मङ्सिर ४ गते निर्वाचन गर्न उपर्युक्त हुने परामर्श दिएको थियो । सोही परामर्शका आधारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बुधबारको बैठकले उक्त मितिमा सहमति जनाएपछि आज भएको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तोकेको हो ।
सरकारले मिति तोकेलगत्तै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित सम्पूर्ण आयुक्तहरु सम्मिलित पत्रकार सम्मेलनमा निर्वाचन आयोग निर्वाचनका सबै कामलागी तैयार रहेको जानकारी दिएका छन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button