मुख्य समाचारसमाचार

रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए सांसद पदको शपथ

Gobal IME Bank

काठमाडौँ । यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित तीनजना प्रतिनिधिसभा सदस्यहरुमध्ये दुईजनाले आज शपथग्रहण आज गर्नुभएको छ ।

चितवन(२ बाट निर्वाचित रवि लामिछाने, बारा–२ बाट निर्वाचित उपेन्द्र यादव, तथा तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्ले हुनुहुन्छ । संघीय संसद् सचिवालयमा सभामुख देवराज घिमिरेद्वारा लामिछाने र वाग्लेलाई शपथ ग्रहण गराइएको थियो । जसपाका उपेन्द्र यादव भने बारामै रहनुभएकाले आज उहाँको शपथ ग्रहणको कार्यक्रम भएन।

गत मङ्सिर ४ मा भएको निर्वाचनबाट तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति हुनुभएपति उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो । साथै बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति हुनुभएको र चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पदमुक्त हुनुभएकाले उपनिर्वाचन गरिएको थियो । उपनिर्वाचनबाट लामिछाने पुनः सांसद चुनिनुभएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button