मुख्य समाचारसमाचार

चरित्र हत्या हुनेगरी निर्वाचनको प्रचार गर्नु हुन्नः प्रमुख निर्वाचन आयुक्त थपलिया

Gobal IME Bank

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चरित्र हत्या हुनेगरी निर्वाचनको प्रचार नगर्न निर्वाचनका उम्मेदवारलाई सचेत गराउनु भएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले नो नट अगेन भने पनि हुने तर गालीगलौजको भाषामा अर्को उम्मेदवारको चरित्र हत्या गर्ने काम नगर्न सबै उम्मेदवारहरुलाई पुनः सचेत गराउनु भएको हो । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निर्वाचनलाई द्वेषपूर्ण, घृणास्पद अभिव्यक्ति दिएर दुषित नपार्न भन्दै आयोगले स्पष्टिकरण सोधेको बताउनुभयो । उहाँले विज्ञहरुलाई पनि निर्वाचनमा गालीगलौजको भाषा प्रयोग नगर्न उम्मेदवारलाई सुझाव दिन आग्रह समेत गर्नु भयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नु भयो, ‘तपाई नो नट अगेन भन्नुस अथवा नो नेभर अगेन भन्नुस् । तपाईँ इलेक्ट अगेन भन्नुस् अथवा इलेक्ट अगेन एण्ड अगेन भन्नुस । अहिले त आईराखेको छ–इलेक्ट वान्स अगेन भन्न पाईन्छ भन्ने कुरा पनि आएको छ । सबैथोक भन्नुस । तर भन्दा सभ्य भाषा भनिदिनुस । भन्दा कसैको चरित्र हत्या नगर्ने गरी भनिदिनुस । त्यस्तो भन्दा गालीगलौजको शैली नरोजिदिनुस । के यसो भन्नु पनि लोकतन्त्रकलाई खण्डित पार्नकै लागि हो भनेर आरोपित हुनुपर्छ भनेर त जति आरोप लागेपछि सहन्छौं नि । यसैमा बसेका छौं । निर्वाचनलाई मिथ्या सूचना, दुश्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति, घृणास्पद अभिव्यक्तिले खण्डित गर्ने र दुषित पार्ने नगरिदिनुस भनेको यति मात्रै हो । कहाँ त्यो भन्दा बढि भनेको छ ? यत्ति हो भनेको । त्यसकारण हामीले अहिले सामाजिक सञ्जालको व्यवस्थित प्रयोग होस् भन्ने चाहेको हो । अव आयोगले गर्न सक्छ कि सक्दैन । प्रयास गरेको छ ।

तपाईहरु सबै मिल्नु भयो भने किन सकिदैन रु होइन गतिलो मात्रै गरेर चुनाव गरौं भन्न पनि सकिदैन भनेको । कसैलाई गालीगलौज नगरीकन भन्या छु । राजनीतिक दलका नेताहरुलाई पनि मैले भन्छु–के तपाईले म गतिलो छु भन्न १५ मिनेट आफू गतिलो छु भन्ने १३ मिनेट अरुलाई गाली गर्नुपर्ने साहित्य कहाँ पढेर आउनु भएको नि नेताज्यू भनेर त मैले नै सोधेको छु त ? तपाईहरुले पनि त्यसरी सोधिदिँदा हुन्छ । त्यसकारण आफ्ना एजेण्डा, आफ्ना विचार, आफ्ना धारणा सबै कुराहरु लान सकिन्छ । तर, अरुलाई गालीगलौज गर्ने, अरुलाई मिथ्या, नराम्रो भन्ने, चरित्र हत्या गर्ने जस्ता कुराहरु नगरौं भन्ने आयोगको भनाई हो । निर्वाचन आयोगले त्यो विषयमा मन्त्री, प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो क्षेत्रमा मतदानको विषयलाई लिएर सबै प्रचारप्रसार गर्न सक्छन । तर, अर्को क्षेत्रमा जानुप¥यो भने आयोगको अनुमति लिएर कुनै पनि सरकारी स्रोत र साधनको प्रयोग नगरी जान पाईन्छ भन्ने व्यवस्था छ । तदनुसार नै अहिले जसजसले सहमति लानु भएको छ । हामीले दिएका छौं । केही समय अघि सम्माननीय प्रधानमन्त्रीज्यूको विषयमा उठेको विषय पनि त्यही नै हो ।

कार्यक्रममा प्रमुख आयुक्त थपलियाले आयोगले संचार संस्थाको अनुगमन नगर्ने बताउनु भयो । आयोगले आचारसंहीता पालना भए नभएको मात्र हेर्ने भएकोले कुनै शाखाले त्यस्तो स्पष्टिकरण सोधेको भए सच्याउने बताउनु भयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नु भयो, ‘यो जहाँसम्म मिडियाको अनुगमन कुन चिट्ठी कहिले के लेख्यो भन्ने विषय चाँही ती गौण हुन । स्पष्टिकरण सोध्न एउटा टिम बनाइएको छ । उहाँहरुले हेर्नु हुन्छ । अनुगमन गर्नु हुन्छ । सिधा सोध्नु हुन्छ ? किनभने स्पष्टिकरण सोध्नका लागि आयोगले अधिकार प्रत्योजन गरेको छ । कारबाही चाँही आयोगले गर्नुपर्ने भएकाले पछि हुन्छ । हामी त्यसलाई सच्याउँछौंं । म फेरी पनि प्रष्ट पार्न चाहन्छु-आयोगले कुनै पनि मिडियाको अनुगमन गर्दैन । गर्यो भने पनि के रहेछ भनेर थाहा पाउन मात्रै गर्छ । यदि आचारसंहिता विपरित काम भएको छ भने त्यो कुरा प्रेस काउन्सिलले हेर्ने हो ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले सञ्चार माध्यामहरुले निर्वाचन आचारसंहिता पालना गरे/नगरेको अनुगमन गर्ने काम आयोगको नभई प्रेस काउन्सिल नेपालको भएको पनि पटकपटक दोहोर्याउनु भयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button