समाचारसूचना प्रविधि

भोट हाल्दा ध्यान दिनु पर्ने कुराहरु-GoodNews24

Gobal IME Bank

२६ वैशाख, काठमाडौं । बैशाख ३० मा स्थानिय तहको चुनाव हुँदैछ । चुनाव नजिकिदै कसरी भोट हाल्नु पर्छ ? के के कुरा ध्यान दिनु पर्छ भन्ने थुप्रै जिज्ञासाहरु हुन सक्छन । आउनुस केही बेर यहाँ ध्यान दिनुहोस ।

१. आफु निश्चित हुनुहोस ।
तपाईंको स्थानिय तहमा जिम्मेवार, काम गर्न सक्ने, योजना भएको ब्यक्ति उठेको छ ? पार्टी वा दल भन्दा माथि उठेर राम्रो मान्छेको खोजी गर्नुहोस । तपाईंको स्थानिय तहको निर्वाचन भनेको स्थानिय तहको सरकार जस्तो हो । पार्टी भनेर पुरानै शैलीमा भोट हाल्नु भयो भने गलत ब्यक्तिले तपाईंलाई नेत्रित्व गर्न सक्छ । हुन सक्छ, नगरप्रमुख तपाईंको पार्टीको होला तर उपप्रमुख अन्य पार्टीको हुन सक्छ । अथवा उपप्रमुख तपाईंको पार्टीमा राम्रो होला तर प्रमुख अर्को पार्टीको हुन सक्छ । को समुदायको निम्ती असल र काम गर्ने सक्ने छ, निश्चित गर्नुहोस । दवावमा होइन तर स्व बिबेकले राम्रालाई भोट गनुहोस ।

२. तपाईंको भोट मुल्यवान छ ।
आफ्नो मताअधिकारको प्रयोग गर्नुहोस । “म त भोट दिन्न” भन्ने मनसायमा हुनुहुन्छ भने, तपाईं गलत हुनुहुन्छ । तपाईंको एउटा भोट प्रयोग नहुँदा नराम्रा मान्छेले तपाईंको समुदायमा नेत्रित्व गर्नेछ । राम्रो ठाउँमा नराम्रो मान्छे पुग्यो भने के होला ? अवश्य, बिकासका कामहरु द्रुत गतीमा हुन सक्दैन । भ्रष्टचार बढ्ने छ । आसेपासे कार्यकर्ताले लाभ उठाउने छन । त्यसैले याद गर्नुस, तपाईंको भोट, मत बहुमुल्य छ ।

३. तपाईंले ७ वटा छाप लगाउने पर्नेछ ।
पहिलो मत नगर प्रमुख अथवा गाउँपालिका अध्यक्षका हुन्छ । त्यसका लागि पहिलो कोलममा रहेको कुनै एउटा चुनाव चिन्हमा संकेत गर्नुस् । आफ्नो स्थानिय तहमा को चाँही प्रभावकारी ब्यक्ती उठेको छ ? उसको चुनाव चिन्ह के हो, निश्चित गर्नुहोस र छाप लगाउनुहोस ।
दोस्रो भोटः नगर उपप्रमुख वा गाउँपालिका उपाध्यक्ष लागि दोस्रो कोलममा स्वस्तिक छाप लगाउनुहोस ।
तेस्रो भोटः वडाध्यक्षका लागि हो । यसका लागि तेस्रो कोलममा भएको आफु निश्चित भएको चुनाव चिहृनमा स्वस्तिक छाप लगाउनुस् ।
चौथो भोटः महिला वडा सदस्यका लागि हो । चौथो कोलममा छाप लगाउनुहोस ।
पाँचौं भोटः दलित महिला वडा सदस्यका लागि पाँचौं कोलममा दिनुस् ।
छैठौं र सातौं भोटः दुईजना वडा सदस्यका लागि मतपत्रको पछिल्ला दुई कोलममा रहेका चिन्ह मध्ये कुनै दुई चिहृनमा मतदान गर्नुहोस् ।

 

४. कस्तो अवस्थामा मत बदर हुन्छ ?
-छनोट तपाईको अधिकार हो । यदि तपाईंले छनोट गर्दा जान्नु भएन भने तपाईंको मत बदर हुन सक्छ ।
कस्तो अवस्थामा मत बदर हुन सक्छ ?
-मत संकेत गर्ने क्रममा स्वस्तिक छाप नबुझिने गरी लत्पतिएमा,
-मत संकेत गर्ने क्रममा स्वस्तिक छाप दोहोरिएमा,
-एउटै कोलममा दुई छाप भएमा, वा एउटा पदमा एक भन्दा बढी मत दिएमा,
-यस्तै स्वस्तिक छाप बाहेक अरु छाप लगाए वा संकेत गरेमा,
-उम्मेदवारको चिहृन रहेको कोठाभन्दा बाहिर स्वस्तिक छाप लगाएमा मत बदर हुन्छ ।
-कोठा बाहिर भए वा अर्को चुनाव चिन्हमा छाप लागेमा,

 

आफ्नो मतको पूर्ण प्रयोग गरौ । स्थानिय तहको चुनावले तपाईंको घर र समुदाय सम्म बिकास देखिनु पर्छ । आफ्नो पार्टीलाई होइन राम्रा ब्यक्तीलाई हेर्नुहोस । चुनाव चिन्ह स्पष्ट हुनुहुन्न भने सोध्नुहोस, निश्चित हुनुहोस । तपाईंको ब्ब्यक्तिगत फाईदा भन्दा माथि उठेर समुदायको निम्ती सोच्नुहोस र आफ्नो मतको प्रयोग गर्नुहोस ।

 

 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button