अन्यसमाचार

हात्तीको बारेमा रोचक तथ्यहरु

Gobal IME Bank

एजेन्सी । पृथ्वीको विशाल प्राणीको रुपमा चिनिन्छ हात्ती । हात्तीको शरीरको आकार ठुलो भए पनि यसको स्वभाव भने निकै शान्त किसिमको हुन्छ । अफ्रिका, दक्षिण एसिया र पूर्व दक्षिण एसियामा पाइन्छ । हात्तीलाई विभिन्न देशहरुको संस्कृतिमा देवताको रुपमा पुज्ने चलन पनि छ । हात्तीलाई हिन्दु धर्ममा गणेश भगवानको रुपमा पुजा गरिन्छ भने यसलाई शान्ति,मनोबल र शक्तिको प्रतिकको रुपमा हेर्ने गरिन्छ । हात्तीको बारेमा केही रोचक तथ्यहरु पढ्नुहोस्ः

१) भुमिको सबै भन्दा भारी प्राणी
हात्ती भुमिको सबै भन्दा भारी प्राणी हो । अफ्रिकन हात्तीहरुको तौल ४,००० देखि ७,००० सम्म हुन्छ भने एसियामा पाइने हात्तीहरुको तौल ३,००० देखि ५,००० सम्म हुन्छ । अहिले सम्म सबै भन्दा बढी तौल भएको हात्तीको तौल १०,८८६ तौल हो ।

२) हात्तीलाई पानी र माटो मन पर्छ
हात्तीलाई पानी र हिलो मनपर्छ । हात्तीहरुको शरीरमा किरा वरिपरि घुम्छन् यसकारण किराहरुलाई टाढा राख्नको लागि पानी र हिलोमा बस्ने गर्छन् । सबै भन्दा रोचक कुरा त हात्तीहरु पौडिन माहिर हुन्छन् र हात्तीहरु हिलोको प्रयोग सनस्क्रिनको रुपमा गर्छन् । सुर्यको अल्ट्रा भोइलेन्ट प्रकाशबाट छालालाई बचाउन हात्तीहरु हिलोको प्रयोग गर्ने गर्छन् ।

३) गर्भावस्था समय अवधि
हात्तीहरुको गार्भावस्थाको समय अवधि अरु स्तनधारी प्राणीहरु भन्दा धेरै हुन्छ । हात्तीहरुको गर्भावस्थाको समय अवधि २ वर्ष लामो हुन्छ । पोथी हात्तीहरु ५० वर्षको उमेर सम्म आमा बन्न सक्छन् ।

४) संवेदनशील छाला
हात्तीको छाला समान्यतया मजबुत किसिमको हन्छ र यिनीहरुको ढाड र टाउकोको छाला २.५ सेन्टिमिटर बाक्लो हुन्छ । तर हात्तीहरुको छाला संवेदनशील हुन्छ उनीहरुको शरीरको जुनै भागमा झिँगा बसे पनि थाहा हुन्छ ।

५) के तपाईको मुटु यति विशाल छ?
हात्तीको मुटु विशाल हुन्छ र उनीहरुको मुटुको तौल १२ देखि २१ केजीको हुन्छ ।

६) उत्कृष्ट स्मरण शक्ति
हात्तीको मस्तिष्कको संरचना मानव जातिको जस्तै हुन्छ र उनीहरुको स्मरणशक्ति पनि उत्कृष्ट हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button