Grace Computer Jawalakhel
मुख्य समाचारसमाचारसूचना प्रविधि

एलन मस्कको स्टारलिङ्क इन्टरनेट सेवा नेपालमा आउने, औपचारिक निवेदनको पर्खाइमा प्राधिकरण

एजेन्सी । एलन मस्कको कम्पनी स्पेस एक्सले नेपालमा पनि स्टारलिङ्क इन्टरनेट सेवा विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले आफ्नो वेबसाइटबाट २०२३ देखि नेपालमा इन्टरनेट सेवा सुरु हुने जानकारी दिएको छ ।

हालसम्म ४७ भन्दा बढी देशमा स्टारलिङ्क इन्टरनेट उपलब्ध छ । स्पेस एक्सले आफ्नो वेबसाइटमा नेपालमा पनि २०२३ भित्रै सेवा विस्तार गर्ने योजना बनाए पनि औपचारिक रुपमा अनुमतिपत्रका लागि निवेदन भने दिएको छैन ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यसबारे आधिकारिक प्रस्ताव हाल सम्म नआएको जानकारी दिनु भएको छ ।

औपचारिक रूपमा निवेदन नआइसकेको तर अनौपचारिक रूपमा भने कुरा यसबारे छलफल भइरहेको अध्यक्ष खनालले बताउनु भएको छ । नेपालको नियम अनुसार लाइसेन्स लिएर इन्टरनेट सञ्चालन गर्न सकिने र नेपाल दूरसञ्चार प्राधिकरणको कम्प्लायन्समा बसेर काम गर्न सक्ने भए स्टारलिङ्क इन्टरनेट नेपालमा आउन सक्ने कुराबारे खनालले जानकारी दिनु भएको छ ।

अध्यक्ष्य खनालले निवेदन आइसकेपछि स्टारलिङ्कको इन्टरनेटबारे थप अध्ययन गरी सञ्चालन हुन दिने वा नदिने भन्ने कुराको निष्कर्ष गर्ने र स्टारलिङ्कलाई नेपालमा आउनै नदिने किसिमको नीति नभएको जानकारी दिनु भयो । स्टारलिङ्कलाई दूरसञ्चार प्राधिकरणबाट सञ्चालन अनुमति नलिई पनि कुनै इन्टरनेट सेवाप्रदायक वा स्थानीय बिक्रेतासँग मिलेर सेवा सञ्चालन गर्ने बाटो खुला रहेको तर, त्यसका लागि स्वीकृति भने अनिवार्य लिनु पर्ने कुरा पनि अध्यक्ष खनाल बताउनु भयो ।

नेपालमा विदेशी कम्पनीले व्यवसाय सुरु गर्न २० प्रतिशत शेयर नेपालीको हुनुपर्ने प्रावधान छ । कम्पनीको वेबसाइटमा सन् २०२३ मा नेपालसहित भुटानमा पनि इन्टरनेट सेवा सुरु गर्ने उल्लेख गरिएको छ । त्यस्तै बंगलादेशमा सन् २०२४ देखि सेवा सुरु गर्ने कम्पनीको योजना छ ।

छिमेकी देश भारतमा कम्पनीले सञ्चालन अनुमतिका लागि निवेदन दिइसकेको छ । फाइबर इन्टरनेट नपुगेका ठाउँका लागि स्याटलाइट इन्टरनेट निकै उपयुक्त हुन्छ । बिना कुनै तार हार्डवेयर प्रयोग गरेको भरमा राउटरले इन्टरनेट उपलब्ध गर्छ ।

विशेषगरी हिमाली दुर्गम गाउँहरूमा विभिन्न बैंक, सरकारी तथा गैरसरकारी संस्थाले यो इन्टरनेटको प्रयोग गरेर सेवा लिन निकै लाभदायक हुन्छ । कम्पनीले विभिन्न देशअनुसार इन्टरनेट तथा हार्डवेयरको शुल्क फरक फरक तोक्ने गरेको छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button